Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीको चीन भ्रमणप्रति नयाँ शक्तिकाे ध्यानाकर्षण

\"nayaकाठमाडाैं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण प्रति आफ्नो पार्टी ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ शक्ति नेपालका अन्तराष्ट्रिय विभाग संयोजक नवराज सुबेदीले आज बिज्ञप्ती निकालेर प्रधानमनत्रीको चीन भ्रमणप्रति ध्यानामकर्षण भएको जनाएका हुन् ।

बिज्ञप्तीमा चीनले नेपालको सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय अखण्डताको सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै नयाँ शक्ति नेपालले प्रधानमनत्री ओलीको चीन भ्रमणका अवसरमा नेपालको तर्फबाट निम्न विषयहरु उठाउन सुझाव दिएको छ ।

१. नेपालले चीनसँग पारवहन, बिप्पा र ईन्धन आपूर्तीका लागि सहकार्यमा जोड गर्नुपर्दछ र त्यसो गर्दा हाम्रो राष्ट्रिय हित र आपसी सम्वन्धलाई अझ बलियो बनाउने बिषयमा स्पष्ट हुनुपर्ने ।

२. नेपालले ब्यहोरिरहेको चीनसँगको ब्यापार घाटा कम गर्नकालागि चीनले नेपालकालागि भन्सार महशुलमा छुट लगायत, आर्थिक सहकार्यका बिशेष नीति बनाउन हाम्रा प्रधानमन्त्रीका तर्फबाट स्पष्ट योजनाहरु प्रस्तावित गर्नुपर्ने ।

३. नेपाल दुई ठूला छिमेकीहरुको बीच असल छिमेकी र गतिशील पुलको रुपमा काम गर्न चाहन्छ । यसकालागि भारत, चीन र नेपालबीच सहकार्यका क्षेत्रहरुका बारेमा समेत कुरा गर्नुपर्ने र नेपाललाई दुई छिमेकीबीचको गतिशील पुलको रुपमा स्थापित गर्नुपर्ने । त्यसक्रममा नेपाल र चीन जोड्ने आधुनिक सडक र रेलमार्ग निर्माणमा जोड दिने ।

४. नेपालको समग्र आर्थिक विकासमा चीनबाट ठोस सहयोगको लागि नेपाल सरकारले स्पष्ट योजना साथ आफ्ना प्रस्तावहरु राख्नुपर्ने । खासगरी नेपालको पूर्वाधारको विकासकालागि अनुदानका साथै कतिपय अत्यावश्यकीय क्षेत्रमा सस्तो ब्याजदरमा चीनिया पूँजी उपलव्ध गराउन अनुरोध गर्ने ।

५. भूकम्पले ध्वस्त पारेका कतिपय पुरातात्विक संरचनाहरुको पुनर्निमाणमा चीनले देखाएको तत्परताको सराहना गर्दै विस्थापित जनताको पुनस्र्थापना र सामूहिक आवासहरुको निर्माणका निम्ति समेत अनुरोध गर्ने ।

६. समग्र दक्षिण एशियामै पर्यावरणीय सन्तुलन खलवलिएको र त्यसबाट प्राकृतिक र मानवीय विनासका दुरगामी परिणामहरु निम्तिएको अवस्थामा हिमपर्वतहरुको संरक्षण गर्नु नेपाल र चीन दुवैका लागि महत्वपूर्ण छन् । त्यसकालागि चीनसँग बिशेष सहकार्य आवश्यक भएको कुरा प्रष्ट गर्ने ।

७. नेपालको राष्ट्रिय हितलाई प्रतिकूल असर पर्नेगरी तत्कालीन वा दीर्घकालीन महत्वका कुनै सन्धि सम्झौताहरु हुन नहुने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending