Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ओझेलिँदै अनेकोटका सांस्कृतिक सहिदहरु

\"6x2-Anekot-–-Sat-tara-copy-1070x535\" आज भन्दा १७ वर्ष अगाडि च्याङ्वा लामासहितको कलाकार टिम काभ्रेको अनेकोटमा पुग्यो । थाङ्का लेख्न छाडेर युद्धमा होमिएका च्याङ्बा लामा उक्त टिमका कमाण्डर थिए । टिममा सहभागि थिए, काभ्रेको होक्सेका चिनिमाया तामाङ, अनैकाटकै गुम्बा सिँ तामाङ, सिन्धुपाल्चोककी सुभद्रा सापकोटा, सिन्धुपाल्चोककै डम्बर श्रेष्ठ, सिन्धुलीकी निर्मला देबकोटा र सिन्धुलीकै मन्जु कुवर । उनीहरुसँग बम र बारुद र बन्दुक थिएन । थिए केवल मादल, बाँसुरी, हार्मोनियम । उनीहरु अनेकोटको एउटा घरमा गरेर बसे । गरीबी र अभावले थिलोथिलो भएको तामाङ बस्तीमा चेतनाका गीत आउन थाले । गरीव छौं, भयौं मात्र भनेनन्, कसरी गरीब बनाईयो भन्ने गीत गाए । घर घेरा हालेर बसेका प्रहरीहरुले बर्साउँन थाले अन्धाधुन्द गोली । कलाकारको छातिमा ताकी ताकी बन्दुक दागीयो । मादल फुट्यो । बाँसुरी फुट्यो । गितारका तारहरु छिने । घरमा आगो लगाई दिए । मौन सन्नाटामा डुब्यो अनेकोट । बेलुकी रेडियो नेपालले भन्यो ‘मुडभेडमा बन्दोबस्तीका सामानसहित ७ जना माओवादीको मृत्यु । यसरी जनताको कलाकारले रगत बनाएको आज १७ वर्ष पुग्यो । उनीहरुको हातमा बन्दुक थिएन। थियो त केवल मादल, बाँसुरी र हार्मोनियम । बन्दुकको गोली भन्दा हजार गुणा खतरनाक ठानियो संगीतको स्वर। बितेको १७ वर्षमा ती साँस्कृतिककर्मीहरुको सम्झनामा ‘साँस्कृतिक प्रतिरोध दिवस’ मनाउने भन्दा अरु केही हुन सकेन । दिवसपनि प्रत्येक वर्ष कमजोर हुँदै हुँदै गएको छ । यो वर्षसम्म आईपुग्दा सुन्य प्राय भयो । पार्टी केन्द्रको योजनामा कहिल्यै परेन । एमाओवादी सम्बन्ध एकिकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले केही वर्ष अघि घटनास्थलमा सहिदस्मारक बनाउन पहल गर्ने भनेर कागजमा निर्णय गरेपनि त्यसले व्यवहारिक रुप पाउन सकेन । अरु माओवादी पार्टीहरुले चैत्र ५ गतेको दिन तामझामसहित घटनास्थलमा गएर भाषण गर्ने भन्दा अरु केही गरेन । तर यस पटक यो पनि हुन सकेन । साँस्कृतिक प्रतिरोध विवस विस्तारै ओझेल पर्दै गएको छ । यस वर्ष एमाओवादी सम्बद्ध किसानसंघको जिल्लास्तरको कार्यक्रम सोही स्थलमा गर्ने भन्दा बाहेक अरु केही हुन सकेन । सायदै सोचेका होलान् ती सहिद हुने जनकलाकारले की १७ वर्ष वित्दा हाम्रो रगतको फाल्सा ६ टुक्रामा विभक्त हुनेछ । च्याङ्बा लामाले सोचेका थिएनन् होला यसरी माओवादी बिग्रन्छ भनेर। कल्पना गरेकी थिइनन् होला निर्मला देवकोटाले यस्तो हुन्छ भनेर । आज गुम्बासिह तामाङको घरको आगन उस्तै छ । चिनिमायाले बाख्रा चराउने जंगलको बाटो उस्तै छ । अनि उस्तै छ, सुभद्रा सापकोटाले गठ्टा खेल्ने आगनको रंग । बरु हुँइकिएकै छन् नेता महोदयका गाडीहरु राजमार्गमा । सहिदलाई सम्झने दिनहरुमा नेताहरुको कम ध्यान जानुले गम्भीर संकेत देखाउँछ । सहिदलाई सम्झनु भनेको आफूले तरिआएको बलिदानको यात्रा सम्झनु हो । यसप्रति पार्टीहरुको ध्यान जान आवश्यक छ । किनकी आजको माओवादी जहाँ जहाँ छन् तिनै सहिदहरुको रगतको जगमा उभिएको हो । सहिदलाई विर्सेर माओवादी कहि पनि पुग्न सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending