Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बेलायतका राजकुमार ‘ह्यारी’ भोलि नेपाल आउँदै

\"hari\"काठमाडौं । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा भोलि नेपाल आउँदैछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीका बीचमा शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नेछन् । यसपछि राजकुमार ह्यारीको गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका स्थलको भ्रमणमा निस्कने छन् । यसक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक स्थलमा भएको क्षतिको अवलोकन गरी जानकारी लिनेछन् । साथै उनले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकनसमेत गर्नेछन् । सोही दिन राजकुमार भक्तपुर गइ भूकम्पपीडित समूदायसँग उनीहरुका भोग्नुपरेका दुःख र व्यथाहरु सुन्नुहुने र सहानुभूति प्रकट गर्नेछन्। त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनेछन् । पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षीय राजकुमार ह्यारी सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ । त्यहाँ रहँदा उनले वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्नेछन् । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु¥याएका संरचना निर्माणसम्बन्धी जानकारीसमेत लिनेछन् । जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन’ भनेर गोर्खा सैनिकको बहादुरी र इमान्दारिताको राजकुमारबाट उच्च प्रशंसा हुँदै आएको छ । पोखरा बसाइँमा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्ष रुपमै रसस्वादन गर्नुहुनेछ । साथै उनले सूर्येदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनसमेत आनन्द लिनेछन् । साथै सोही दिन राजकुमार बर्दिया राष्ट्रिय निकुञ्ज गई यसको अवलोकन गर्नेछन् । त्यहाँ अवस्थित खौराहा नदीमा जलयात्रामा सरिक हुनेछन् । भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुनेछन् । संयुक्त राष्ट्र सङ्घीय बालकोष ९युनिसेफ०, बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी०को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो । राजकुमारले सोही दिन कान्ति बाल अस्पताल गइ यसका बारेमा जानकारी लिनेछन् । साथै सानोठिमी प्राविधिक विद्यालय गई प्राविधिक शिक्षाका बारेमा जानकारीसमेत लिनेछन्। सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल बेलायत भ्रमण आदानप्रदानले दुईदेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । हालसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ । बेलायतकी महारानी एलिजाबेथबाट सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण भयो भने युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending