Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ग्यास विक्रेताहरुको ब्रम्हलुट उस्तै

\"lpकाठमाडौं । पेट्रोलियम पदार्थ मनपरी मूल्यमा विक्री गरिएको भन्दै सरकारले निजी क्षेत्रलाई दिइएको पेट्रोलियम पदार्थको आयात अनुमति रद्द गरिए पनि ग्यास विक्रेताहरुको ठगीमा सरकारले चासो दिएको छैन । भारतीय नाकावन्दीमा आपूर्ती सहज बनाउन भन्दै निजी क्षेत्रलाई दिइएको पेट्रोल तथा डिजेलको आयात अनुमति दिएको थियो । पेट्रोलियम पदार्थमा ठगी भएको जनगुनासो आएपछि विहीबार निजी क्षेत्रको अनुमति खारेज गरेको थियो । ग्यास विक्रेताहरुले भने नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर डिपोबाटै ग्यास विक्री गरिरहेका छन् । निगमले एलपीजी ग्यासको मूल्य १४ सय रुपैयाँ तोकेको छ । यसअघि ग्यास अभाव भएको भन्दै आंशिक समस्या हल गर्न भन्दै आधा सिलिण्डर ग्यास वितरण गरिएको थियो । आधा सिलिण्डर ग्यासको मूल्य ७ सय रुपैयाँ तोकिएको थियो । आधा सिलिण्डर ग्यासमा ९ सय भन्दा बढी मूल्य असुलेका ग्यास विक्रेताहरुले अहिले पूरा सिलिण्डर ग्यासमा पनि मनपरी मूल्य असुलेका छन् । अझै पनि माग अनुसारको ग्यास आपूर्ति नभएको भन्दै विक्रेताहरुले मनपरी शुल्कमा विक्री वितरण गरिरहेका छन् । काठमाडौं उपत्यकाका जुनसुकै डिपोहरुले डिपोबाटै प्रतिसिलिण्डर १५ सयभन्दा बढी पैसा लिने गरेका छन् । प्रहरी सुरक्षाकैबीच विक्री भइरहेको ग्यासमा ठगी हुँदासमेत सरोकारवाला निकायहरु मौन रहेका छन् । ‘ग्यासको मूल्य कति हो थाहा भएन, तर हामीले १५ सय रुपैयाँ तिरेका छौं,’ बबरमहलस्थित ग्यास डिपोमा ग्यास लिँदै गरेकी उपभोक्ता सुशीला अर्यालले भनिन्, ‘ग्यास पाउन नै समस्या छ, मुश्किलले पाएको ग्यासको जतिपैसा भने पनि दिनै पर्यो ।’ नेपाल आयल निगमले भने तोकिएको मूल्य भन्दा बढी पैसा लिएको उजुरी परेमा त्यस्ता ब्यापारीलाई कारबाही गर्ने जनाएको छ । तर आफूहरु कहाँ कुनै गुनासो नआएको भन्दै निगमले जनाएको छ । ग्यास विक्रेता महासंघले पनि ब्यापारीहरुले गरेको ठगीको ढाकछोप गर्दै ढुवानी शुल्क भनेर बढि लिएको हुन सक्ने बताएको छ । ‘ग्यासको मूल्य १४ सय रुपैयाँ नै हो, त्यो भन्दा बढी मूल्य लिएमा कारबाहीका लागि सिफारिस गर्छौ,’ ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘ढुवानी गरेवापत मजदुरको ज्याला जोडिएको हुनसक्छ ।’ ग्यासको मूल्य १४ सय रुपैयाँ मात्रै हो, किन बढी लिएको भन्दा विक्रेताहरुले ग्यास नै नदिने गरेको उपभोक्ताको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending