Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाली भूमीबाट भारतीय प्रधानमन्त्री माेदीलार्इ पाकिस्तानको निम्तो

\"India-&-Pakistan-Minister\"कास्की । पाकिस्तानले नेपाली भूमीबाट भारतीय प्रधानमन्त्रीलाई आफ्नो देश भ्रमणको लागि आउन निम्तो दिएको छ ।

नेपालमा भएकाे सार्क स्थायी समिति बैठकका क्रममा पाकिस्तानले भारतीय विदेशमन्त्री मार्फत भारतका  प्रधानमन्त्री नरेन्द्र मोदी १९ अाै सार्क शिखर सम्मेलनमा सहभागी हुन निम्तो गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९ औँ सार्क शिखर सम्मेलनका लागि निम्ताे दिएका हुन् ।

भारत र पाकिस्तानबीचको तित्ततापूर्ण सम्बन्धले सार्कलाई नै पछाडि पारेको अन्तराष्ट्रिय स्तारमा बिश्लेषण हुने गरेको छ । यसअघि १८ औ शिखर सम्मेलनका बेला पनि नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा मात्रै दुई भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच बोलचाल भएको थियो ।

बैठकले सार्क विपत्ति केन्द्रको सचिवालय भारतको राजधानी नयाँ दिल्लीमा स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार पोखरामा सम्पन्न बैठकले यसअघि गठन गर्ने निर्णय भइसकेको सार्क विपत्ति केन्द्रको सचिवालय दिल्लीमा खोल्ने निर्णय गरेको परराष्ट्र मन्त्री कमल थापाले जानकारी दिए ।

त्यसैगरी सार्क वातावरणीय केन्द्र र सार्क उर्जा केन्द्रलाई मिलाएर बनाइएको सार्क इनर्जी सेन्टरको सचिवालय भने पाकिस्तानमा राख्ने निर्णय भएको थापाले जानकारीे दिएका छन् ।पोखरामा जारी सार्कका विदेशमन्त्रीहरुको बैठक पनि आजै सकिएको छ ।

स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।आगामी शिखर सम्मेलन नोभेम्बरमा पाकिस्तानमा गरिने छ ।भारतीय विदेशमन्त्री स्वराज र मालदिभ्सका विदेशमन्त्री डुन्पा मौमुनबीच पनि आजै भेटघाट भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending