Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चीनसँग इन्धन तथा पारवाहन सम्झौता हुने

\"Nepal-and-Chaina-flag\"काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।

कञ्जुमर आई नेपालले आज काठमाडौंमा गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या समाधान गर्न मद्दत मिल्ने बताए ।

मन्त्री पुनले बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जानकारी दिँदै भने, “कालोबजारी, खाद्य सुरक्षा, मूल्य नियन्त्रण लगायत विषयमा अनुगमन तथा कारबाही गर्नका लागि महाशाखा आवश्यक भएकाले गठन गर्ने प्रक्रियामा छौँ ।”

बजारमा भएको अनियन्त्रित मूल्य वृद्धि, कमसल वस्तुको बिक्री वितरणबारे उपभोक्ता जागरण अभियान आवश्यक भएको र वर्षभरि नै अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।काठमाडौँ महानगरपालिकाका निर्देशक हरिकुमार श्रेष्ठले बजारमा व्याप्त कालोबजारी रोक्न सरकारले नियमित अनुगमन र कारबाहीको प्रक्रियालाई जारी राख्नुपर्ने बताए ।

मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले नाका सहज भएको महिना दिन बित्न लाग्दा पनि बजारमा इन्धनको सहज आपूर्ति हुन नसकेकाले सरकारको ध्यानाकर्षण गरे ।

कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले बजारमा सिर्जना भएको इन्धनको कृत्रिम अभावबारे अनुगमन गरी वितरण प्रणाली सहज गर्न सरकारसँग माग गरिन् ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending