Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

माओवादी एकता वैशाख १ कि कम्युनिष्ट स्थापना दिवसमा !

\"Prachanda-and-Kiran\"काठमाडौं । विभाजित रहेका माओवादी पार्टीहरुबीच गत फागुन १ गते जनयुद्ध दिवसका दिन एकता गर्ने प्रयास सफल नभएपछि आगामी बैशाख १ गते अथवा कम्युनिष्ट स्थापना दिवसका दिन एकता गर्ने गरी पहल थालिएको छ । माओवादी पार्टीहरुको केन्द्रदेखि जिल्ला तहसम्म माओवादी एकताको लागि दबाब अभियान चलाएको ‘माओवादी एकता अभियान’ले नयाँ वर्षको अवसरमा वैशाख १ अथवा कम्युनिष्ट स्थापना दिवसका अवसर पारेर एकता गर्न दबाब थालेको छ । जनयुद्ध दिवसका दिन एकता घोषणा हुन नसकेपछि अभियानले नयाँ वर्ष वा आगामी कम्युनिष्ट स्थापना दिवसलाई अवसरका रुपमा लिन अभियानले आग्रह गरेको छ । माओवादी पार्टी केन्द्रमा दबाब तथा जिल्ला तहमा छलफल चलाएको एकता अभियानले आगामी कम्युनिष्ट स्थापना दिवसका दिन पारेर माओवादी पार्टीहरुबीच एकता गर्न दबाब दिएको अभियानका सदस्य दीपेन्द्र रोकायाले बताए । पार्टी राजनीतिदेखि निश्क्रिय भएकाहरु मात्र होइन, माओवादीप्रति आस्था राख्ने सर्मथक र शुभेच्छुकहरुले समेत माओवादी आन्दोलनको उपलब्धीको रक्षा गर्न आवश्यक पहलकदमीका लागि आफ्नो भूमिका खोज्न थालेको आफूहरुले पाएको उनले बताए । माओवादी एकता अभियानले विहीबार विज्ञप्ति जारी गर्दै पार्टी एकताको वातावरण बनाउन एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी, नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका समुहका पेशा, क्षेत्र, समुदाय तथा जनवर्गीय संगठनका अगुवाहरुलाई अपिल गरेको छ । महिला नेतृ शान्ता श्रेष्ठ, राजनीतिशास्त्री प्रा.डा. गोपाल शिवाकोटी, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, राजनीतिक विश्लेषक प्रा. अमन श्रेष्ठ, पत्रकार दीपेन्द्र रोकाया लगायतले केही समयदेखि माओवादी एकता अभियान सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय सबै माओवादी पार्टीहरुमा एकताका लागि दबाब बढेको छ । माओवादी एकताबारे अन्तिम निर्णय गर्न भन्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी चैत्र १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । विप्लव नेतृत्वको माओवादीबाहेक अन्य माओवादीहरुबीच एकताको प्रयास तीब्र पारिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending