Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मान्छे डस्ने सर्पसँग प्रेम

[caption id=\"attachment_65280\" align=\"alignleft\" width=\"1024\"]\";k{ ;[/caption] मोरङ । सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न ग¥यो भने तपाइँ सजिलै भन्नुहुन्छ, ‘सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।’ तर यो प्रश्नको जवाफ गलत हुन्छ । सेक्टर वन कार्यालय उर्लावारी मङ्गलबारेको वनरक्षकमा कार्यरत प्रेम विष्ट सर्पलाई प्रेम गर्छन । प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउँछन् । उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताउँछन् । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन । सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर्पको विषबाटै तयार हुने औषधि भएकाले एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउन सक्ने औषधि निकाल्न सकिने उनको भनाइ छ । उनले भने , यसकारण सर्पलाई मार्नु हँुदैन ।’ मुलुकभित्रै एन्टी–स्नेक भेनम उत्पादन गर्ने कारखाना बनाइनुपर्ने विष्टको भनाइ छ । सर्पको महत्व देखेकैले उहाँ सर्प संरक्षणमा जोडतोडले लागेका हुन । दुईपटक सर्प डसाइमा पर्दा पनि उनलाई सर्पकै मायाँ छ । सर्पदंशको औषधि एन्टी–स्नेक भेनम नेपालमा पाइँदैन, विदेशबाटै आयात गर्नुपर्छ, उनले भने ,नेपालमा विषालु सर्प धेरै छन् यसको औषधि उत्पादन नेपालमै हुनुपर्ने हो, तर छैन । ’ डेढ वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा प्रेम बिष्टलाई विषालु सर्पले डस्यो । सर्पको डसाइबाट उनी आत्तिएनन् । सामान्य अवस्थामा रहेझै बोलिरहे । सर्पदंशबाट मर्छु भन्ने सोच उनीमा आएन । सिन्धुली जिल्लाको दुधौली गाविसको जितपुरमा उनलाई सर्पले डसेको थियो । एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका विष्ट बाँच्न सफल भए । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उनको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्भित भए । यसर्थ कि सर्पले टोक्दा नआत्तिनु र रक्तसञ्चार पनि सामान्यै अवस्थामा रहनु विरलै हुने घटना मध्येको एक थियो । सर्पले टोकेपछि आत्तिएरै पनि धेरै मानिस मर्ने गरेको चिकित्सकहरु बताउँछन् । प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उहाँको दैनिकी सर्प समात्ने र यसको बारेमा आम नागरिकलाई जानकारी दिनमै बित्थ्यो । हाल विराटनगर–१६ का बासिन्दा उनलाई अहिले पनि धेरैतिरबाट सर्प फेला परेको भन्दै समात्नका लागि फोन आउने गरेको छ । दुई साताअघि इटहरीबाट उहाँले नयाँ प्रजातिको सर्प सेक्टर वन कार्यालय मङ्गलबारेमा ल्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending