Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

जुम्लामा ऊर्जा सम्भाव्यताको अध्ययन गर्दै नास्ट

\"jumla-snowfall\"जुम्ला । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्टले० जुम्लामा ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बुधबार जुम्लामा ‘वैकल्पिक ऊर्जा सम्भावना’ विषयक गोष्ठीमा नास्टले यो कुरा सार्वजनिक गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्टका० वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकालले देशमा भइरहेको ऊर्जा सङ्कटलाई विशेष ध्यान दिएर जुम्लासहित मुलुकका १५ जिल्लामा सम्भाव्यता अध्ययनको कार्य थालिएको बताए । जुम्लाको ऊर्जा सङ्कटलाई हृदयङ्गम गरी तत्काल यहाँको ऊर्जा सम्भाव्यता र अवस्थाको विषयमा अनुसन्धान गर्ने वरिष्ठ वैज्ञानिक ढकालले बताए । ‘अहिलेको समयमा बत्ती घरको प्रयोगका लागि मात्रै प्रयोग गरिरहेका छौ , अब फराकिलो ढङ्गले सोचेर कृषिमा पनि बत्तीको प्रभावकारी प्रयोग हुनुपर्दछ र यो समयमा हरेकको घरमा वैकल्पिक ऊर्जा हुनुपर्दछ’, उनले भने । नास्टले साना तथा दीर्घकालीन प्रविधि विकास अध्ययनमा प्राथमिकता दिँदै आएको जनाउँदै चीनले यही प्रविधिअनुसार विश्व बजारमा आफ्नो बाहुल्यता जमाएको उनको भनाइ थियो । फोहोर प्लास्टिकलाई प्रयोग गरी डिजेल निकाल्ने अध्ययनसमेत गरिरहेको नास्टले जनाएको छ । गोष्ठीमा प्रजिअ रुद्रप्रसाद पण्डितले कर्णालीमा नास्टले उल्लेख्य अनुसन्धानको काम गर्ने विश्वास रहेको जनाए । प्रजिअ पण्डितले भने, ‘कस्तुरीको आफ्नै शरीरमा विना हुन्छ, तर त्यसैको खोजीमा ऊ भौँतारिरहेको हुन्छ । कर्णालीमा अथाह स्रोत छ, यद्यपि यसले माल पाएर पनि चाल नपाएको अवस्था छ , उनले थपे । यिनै स्रोतको सम्भाव्यता आजको आवश्यकता भएको भन्दै उनले यसको प्रभावकारी अनुसन्धानमा सहयोग पु¥याउन नास्टलाई अनुरोध गरे । निमित्त स्थानीय विकास अधिकारी क्षेत्रबहादुर बुढ्थापाले जुम्लामा १३ देखि १४ हजार घरधुरीले सौर्य ऊर्जा प्रयोग गरिरहेको जनाउँदै ८० प्रतिशत घरधुरीमा फलामे चुलो प्रयोग भएको बताए । बुढ्थापाले विभिन्न प्रयास हुँदाहँुदै पनि चन्दननाथ नगरपालिका ऊर्जा सङ्कटमा रहेको र यसको दीर्घकालीन पहल गर्न सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । गोष्ठीमा गैसस महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले ऊर्जासम्बन्धी सरकारको नीतिले यसलाई प्राथमिकता दिनुपर्ने औंल्याएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending