Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सर्वोच्चमा कागज सून्य नीतिकाे चर्चा

\"sarbochchaकाठमाडौँ । सर्वोच्च अदालतले आगामी १० वर्षभित्रमा देशका सबै अदालतमा कागजको प्रयोग शून्यमा झार्ने नीति ल्याउने तयारी गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित सर्वोच्च अदालतका सबै न्यायाधीशको आज बसेको पूर्ण बैठकले सर्वोच्च, उच्च र जिल्ला अदालतमा आगामी १० वर्षभित्रमा कागजको प्रयोग शून्यमा झार्ने नीति लिएको हो ।

सर्वोच्च अदालतका सूचना प्रविधि निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार सेवाग्राहीलाई प्रभावकारी र छिटो न्याय दिने उद्देश्यका साथ कागजको प्रयोग शून्यमा झार्ने नीति लिइएको हो ।

अदालतका सेवाग्राहीले आवश्यक प्रमाण इन्टरनेटमार्फत नै पठाउनुपर्ने र न्यायाधीशले पनि सबै सामाग्री कम्प्युटरबाट नै हेर्नुपर्ने गरी व्यवस्था गरिनेछ ।

अहिले अदालतमा मुद्दा तथा रिट निवेदन दर्ता भए भएपछि दर्ता मिति, साधारण तारिख मिति, पेसी तारिख मिति र मुद्दा तथा रिटमा भएको आदेश वा फैसलाको छोटकरी विवरण पक्ष वा वारेसलाई एसएमएसको माध्यमबाट जानकारी गराउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, तीनै तहका अदालत र विशेष अदालतबाट भएका फैसलाको पूर्ण पाठ सर्वोच्च अदालतको वेबसाइटबाटै हेर्न मिल्ने व्यवस्था मिलाइएको छ भने कैद, दण्ड, जरिवाना लागेका व्यक्तिको विवरण विभिन्न न्यायिक, अर्ध न्यायिक तथा अन्य सरकारी निकायलाई उपलब्ध गराउने परम्परा पनि अदालतमा थालनी गरेको छ ।

सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतका प्रायः सबै न्यायाधीशलाई कम्प्युटर तालिम दिइसकिएको छ । नयाँ नियुक्त हुने न्यायाधीशलाई पनि त्यसबारेमा जानकारी दिइने लक्ष्य लिइएको निर्देशक पौडेलको भनाइ छ ।

सर्वोच्च अदालतले २०८२ सालसम्ममा नेपालको प्रायः सबै ठाउँमा इन्टरनेट सेवा पुग्न सक्ने आँकलन गरी यस्तो नीति लिएको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending