Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

विभाजित हुँदै म्यानपावर ब्यवसायीहरु

\"bairo-baideshik-rojgar\"काठमाडौं । प्रहरीले म्यानपावर कार्यालयहरुमा छापा मारेको विरोधमा सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका म्यानपावर ब्यवसायीहरु नै विभाजित हुन थालेका छन् । म्यानपावर ब्यवसायको नाममा ठगी गरेको उजुरी परेपछि प्रहरीले तीन साताअघि राजधानीका डेढ दर्जन म्यानपावर कार्यालयहरुमा छापा मारेको थियो । म्यानपावर कार्यालयमा छापा मार्ने क्रममा प्रहरीले वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको म्यानपावरमा समेत प्रहरीले छापा मारेको थियो । प्रहरीले नै कारबाही थालेपछि संघले सेवा ठप्प पारेर आन्दोलनमा उत्रिन आह्वान गरे पनि केही ब्यवसायीहरुले भने म्यानपावर ब्यवसायमा देखिएका खराब पक्ष सुधार्नुपर्ने भन्दै ठगी रोकेर पेशा मर्यादित बनाउनुपर्ने पक्षमा देखिएका छन् । बदमासी गर्ने तथा रोजगारको नाममा ब्यापक ठगी गर्ने, रोजगारको रुपमा भन्दै मानव वेचविखनकै धन्दा गर्ने काम मौलाएको भन्दै त्यस्तालाई कारवाही हुनुपर्ने पक्षमा केही ब्यवसायीहरु देखिएका छन् । ‘हाम्रो ब्यवसायमा देखिएका विकृतिहरु पन्छाउनुपर्नेमा उल्टै संघले नै प्रश्रय दिनु ठीक होइन’, एक ब्यवसायीले भने, ‘ब्यवसायलाई मर्यादित र विश्वसनी बनाउनुपर्ने दायित्व संघको हो ।’ संघले पूर्व स्वीकृति र अन्तिम स्वीकृति लिनसमेत जर्बजस्त रोक लगाएको भन्दै ब्यवसायीहरु विभाजित हुन थालेका छन् । सेवा सूचारु गरी वैदेशिक रोजगार ब्यवसायलाई मर्यादित र विश्वसनीय बनाउनेबारेमा छलफल गरी सुधार गर्दै जानुपर्ने केही ब्यवसायीहरुको तर्क छ । तर संघ पदाधिकारीहरुले भने ब्यवसायीहरुले ठगी गरेको भए प्रहरीले नभइ वैदेशिक रोजगार विभागले मात्र कारबाही गर्न सक्ने बताउँदै आएका छन् । संघले नै कसैले कुनै पनि काम नगर्नु भन्ने उर्दी जारी गरे पनि केही ब्यवसायीहरुले भने भित्रभित्रै काम गरिरहेका छन् । काठमाडौंमा क्रियाशील सात ८१ म्यानपावरको इजाजतपत्रसमेत संघमा बुझाउन उर्दी जारी गरिए पनि अहिलेसम्म चार सयभन्दा बढीले इजाजतपत्र संघमा बुझाएका छैनन् । फागुन २२ गतेदेखि सबै सेवा ठप्प पार्ने संघले घोषणा गरे पनि केही ब्यवसायीहरुले संस्थागत श्रम स्वीकृति लिइरहेका छन् । पहिले भन्दा निकै कम श्रम स्वीकृति लिने काम भएको वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलले जनाएको छ । संघको निर्णय विपरित श्रम स्वीकृति लिएको थाहा पाएपछि संघका महासचिव रोहन गुरुङले सार्वजनिक सूचना जारी गरी श्रम कार्यालय ताहाचल परिसरमा कुनै ब्यवसायी वा प्रतिनिधि उपस्थित भएमा कारबाही गर्ने चेतावनी दिएका छन् । श्रम स्वीकृतिबारे कुनै पनि जानकारीका लागि संघले आफ्नै एक पदाधिकारीसहित तीन जनालाई छुट्एको छ । उनीहरु बाहेक कसैले पनि कारोबार नगर्नु भनी संघले उर्दी जारी गरेपछि सिण्डिकेट लादिएको भन्दै ब्यवसायीहरु संघप्रति नै रुष्ट हुन थालेका छन् । महासचिव गुरुङले अत्यन्त जरुरी सूचना भनी जारी गरेको सार्वजनिक सूचनामा फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारमा कामदार पठाउने काम स्थगित भएको इजाजतपत्रवालाहरुलाई थाहा भएकै कुरा भन्दै कुनै सञ्चालक वा श्रम प्रतिनिधिले सूचनाको बेवास्ता गरी कुनै सञ्चालक वा प्रतिनिधि श्रम कार्यालय ताहाचल परिसरमा उपस्थित भएमा संघको विधानअनुसार कारबाही गरिने जनाएका छन् । प्रहरीले भने आफूलाई उजुरीका आधारमा कुनै पनि ठर्गी गर्ने ब्यवसायीलाई नछाड्ने भन्दै छानविन थालेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले ठगी गरेको भनी उजुरी परेका म्यानपावरको सम्पूर्ण लिष्ट तयार गर्न छानविन जारी राख्न मातहतका प्रहरी निर्देशन दिएका छन् । यसअघि मलेसिया, कुवेत, बहराइन, साउदीअरब, यूएई, लगायत सात मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्रै कामदार पठाउनु भनी सरकारले गरेको निर्णय विरुद्ध भएको आन्दोलनमा पनि ब्यवसायीहरु विभाजित भएका थिए । संघका पूर्वअध्यक्ष हंसराज वाग्ले लगायतका ब्यवसायीहरुले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका थिए । \"bairo  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending