Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

काँग्रेस महाधिवेशन: प्रदेश केन्द्रीय सदस्यको मतगणना शनिबार

\"congressकाठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १३औँ महाधिवेशनमा भएको प्रदेश केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि सुरु गर्ने भएको छ ।

प्रदेश सदस्यको निर्वाचनको मतगणना शनिबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । पार्टीको विधानबमोजिम सात प्रदेशबाट दुई जनाका दरले १४ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जनाले उम्मेदवारी दिएका थिए ।

बिहीबारसम्म खुला ९२५० र मुस्लिमतर्फ एकजना केन्द्रीय सदस्यको मात्र मतगणना गरेको समितिले आरक्षणतर्फका महिला, आदिवासी-जनजाति, मधेसी र दलित केन्द्रीय सदस्यको मतगणना भने शुक्रबारदेखि सुरु गरेको समितिका सदस्य गोपालकृष्ण घिमिरेले राससलाई जानकारी दिए ।

समितिले दैनिक बिहान १० बजेदेखि राति ८ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना गर्दै आएको छ ।

शुक्रबारसम्म सबै केन्द्रीय सदस्यको औसतमा ९०० मतसङ्ख्या गणना गरिएको काँगे्रस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कुल तीन हजार १६१ मतदाता रहेको काँग्रेसको महाधिवेशनमा तीन हजार १४८ मत खसेको थियो ।

निर्वाचनमा खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको थियो भने आरक्षणतर्फ छ जना महिला केन्द्रीय सदस्य पदका लागि ३८, आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४० जना प्रतिष्प्रर्धाम छन् ।

यस्तै आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेसी महिला दुुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी कायम परेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending