Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महंगोमा तेल बेच्ने बिराटलाई वाईसिएल र क्रान्तिकारीले नछोड्ने

काठमाडौं । एमाओबादीको युवा दस्ता वाईसिएल र भातृसंगठन अखिल क्रान्तिकारीले महंगोमा तेल बेच्ने बिराट आयललाई नछोड्ने चेतावनी दिएका छन् ।  दुवै संगठनले नेपाल आयल निगम र बिराट आयलले पेट्रोलियम पदार्थको फरक फरक मुल्यमा बितरण गर्ने निर्णय तत्काल फिर्ता लिन माग गदै सरकारलाई सचेत गराएका छन् । वाईसिएल र क्रान्तिकारीले सयुंक्त रुपमा शुक्रबार बिज्ञप्ती जारी गर्दै खबरदारी गरेको हुन् । बिज्ञप्तीमा भनिएको छ  नयाँ संविधान घोषणासंगै छिमेकको नाकाबन्दी खेपेको मूलुक भर्खरै सहजतातिर आउँदैछ । देश र जनतालाई लुट्न उद्दत गिरोहहरुको कालोबजारी र कमिशनको दुष्चक्रले मूलुकमा कालोबजारी संस्थागत बन्दै गरेको अबस्थामा नेपाल आयल निगमले विराट पेट्रो जस्तो बदनाम कम्पनीलाई तेल भित्राउने जिम्मा दिएकोर त्यसका विरुद्ध सरकारले देशव्यापी विरोध र दवाब व्यहोर्नुपरेको विगत साक्षी रहेको स्मरण गराउन चाहान्छौ । बजारमा एकातिर नाकाबन्दीको निहँुमा श्रृजना गरिएको कृतिम अभाव र कालोबजारी अर्को्तिर दिनदहाडै देश र जनता लुट्दै विराट पेट्रो मार्फत आयल निगमको मूल्य सुचिभन्दा ३१ रुपैयाँ महंगोमा पेट्रोल बेचेको, बेच्न दिइएको घटना सार्वजनिक हुँदा कोही पनि नेपाली नागरिक चुप लागेर बस्न सक्दैन । वाईसिएल नेपाल र अखिल(क्रान्तिकारी) नेपाल सरकारलाई आजैका मितिले विराट पेट्रोलाई कारबाही गरी त्यसको अनुमतिपत्र रद्द गर्न तथा महंगोमा तेल बेच्ने माली आयल स्टोर कालिमाटी, भ्याली रिकेश आयल स्टोर गैरीगाउँ र जयन्ती आयल स्टोर त्रिपुरेश्वरलाई आजै सिलबन्दी गरी कारबाही गर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछौं । उल्लेख गरिएको छ । देशमा कायम कालोबजारी नियन्त्रण गर्न, अनियमितता र कालोबजारीमा संलग्न निगमको नेतृत्व, संलग्न कर्मचारी र व्यापारीलाई कारबाही गर्न, ग्याँस, पेट्रोल, डिजेल, मट्टितेल लगायतका पेट्रोलियम पदार्थलाई सहज आपूर्ति गर्न पनि गम्भिर ध्यानाकर्षण गदैं अन्यथा, क्रियात्मक कार्यक्रममा जाने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।  सरकारले अविलम्ब हस्तक्षेप गरि यो निर्णय खारेज नगरे हामी सरकारका विरुद्ध सडकमा उत्रन बाध्य हुने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेत जानकारी दिए । \"press
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending