Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

विश्व महिला सम्मेलन काठमाडौँमा हुने

\"afiche_ingles_capas_copia_sm_0\"काठमाडौं । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नाराका साथ आगामी फागुन ३० गतेदेखि चैत ५ गतेसम्म काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । दोस्रो विश्व महिला सम्मेलन मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी विश्वका महिला र विश्वको महिला आन्दोलनका बारेमा छलफल हुने जानकारी दिएको हो । उक्त सम्मेलनमा नेपाल, भारत, भेनेज्युएलालगायत विश्वका ४७ देशका ७०० प्रतिनिधिको उपस्थिति रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिए । नेपालबाट नेकपा –एमाले) निकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला सङ्घ, एमाओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला सङ्घ –क्रान्तिकारी) नेकपा माले निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ, नेकपा संयुक्त निकट अखिल नेपाल महिला सङ्घ फेडेरेसनको सहभागिता रहनेछ । सम्मेलनमा साम्राज्यवाद, पुँजीवाद, र महिलामाथिको उत्पिडन, महिला आन्दोलन र महिलावाद, युद्धको आक्रामकता र महिला मुक्ति, स्वाधिनताको लडाईमा महिलाको भूमिका, श्रमिक वर्गीय आन्दोलन, युनियनको सङ्घर्षमा श्रमिक महिलाको भूमिका, युवा महिला र राजनीतिमा युवा महिलाको सहभागिता र महिला मुक्तिको लागि सङ्घर्षलगायतका नौ वटा विषयमा छलफल हुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा नेपालबाट सात कम्युनिष्ट राजनीतिक दलका ३५० र विदेशी ३५० जनाको उपस्थिति रहनेछ । हरेक पाँच वर्षमा हुने सम्मेलनमा पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेज्युएलामा भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending