Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सार्क विदेश मन्त्रिस्तरीय बैठकका लागि बेहुली झै सिंगारियो पोखरा

\"Pokhara\"पोखरा । यही चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ । उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण पोखरा यतिखेर दुलहीजस्तो बनेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिए । पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र उक्त समितिलाई विषयगत रुपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिलाई यतिखेर भ्याइनभ्याइ भएको छ । सहयोग समितिअन्तर्गत सुरक्षा व्यवस्था समिति, सौन्दर्यीकरण तथा सरसफाइ समिति, स्वागतद्वार निर्माण समिति, सांस्कृतिक कार्यक्रम समिति, अत्यावश्यक सेवा सञ्चालन समिति, स्वास्थ्य सेवा समिति, विमानस्थल व्यवस्थापन समिति, ट्राफिक व्यवस्थापन समिति, स्वागत व्यवस्थापन समिति, निर्माण तथा पूर्वाधार समिति र सम्मेलन कक्ष व्यवस्थापन समिति रहेका छन् । क्षेत्रीय प्रशासन कार्यालयका उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीका अनुसार जिम्मेवारी तोकिएअनुसार सहयोग समितिहरू आ–आफ्नो काममा सक्रिय बनेका छन् । बैठकलाई लक्षित गरी अत्यावश्यकीय सेवा प्रवाह गर्ने सम्पूर्ण निकायमा पत्राचार गरी निर्देशन दिइसकिएको उनले जानकारी दिए । परराष्ट्र मन्त्रालयले गत फागुन ५ गते मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत विषयगत सहयोग समिति गठन गर्न पत्राचार गरेको थियो । पोखराको सौन्दर्यीकरणका लागि पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोक, राष्ट्रबैंक चोक, होटल ग्रान्ड, होटल साङ्ग्रिला, होटल फिस्टेललगायतका ठाउँमा विभिन्न १७ वटा स्वागतद्वार निर्माण गरिएको पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार पृथ्वीचोकदेखि बैठकस्थल र विशिष्ट पाहुना जाने स्थानमा विभिन्न जातका ३०० वटा बिरुवा रोपिसकिएको छ भने दैनिक सरसफाइ कार्य जारी राखिएको छ । बैठकलाई नै लक्षित गरी पोखरा विमानस्थलदेखि मुस्ताङ चोक हुँदै होटल ग्रान्ड, होटल ग्रान्डदेखि होटल साङ्ग्रिलासम्मको बाटो मर्मत गरिसकिएको जानकारी दिँदै अधिकारीले मुस्ताङ चोकदेखि होटल फिस्टेलसम्मको बाटो आज मर्मत गर्न लागिएको बताए । विमानस्थलदेखि बैठकस्थल र होटेलसम्म जाने सडकको दक्षिणतर्फको विद्युत्का पोल पर सारिएको छ भने सडक मार्गमा पर्ने चोक, सडक पेटी, प्रतीक्षालय तथा बोटबिरुवामा रङ लगाइएको र बाटोमा पर्ने सम्पूर्ण होर्डिङबोर्ड पनि हटाइसकिएको छ । विशिष्ट पाहुनाका लागि आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका साथै उनीहरु चढ्ने सम्पूर्ण सवारी साधन पनि तयारी अवस्थामा राखिसकिएको र यी सबै तयारी लगभग १५ दिनको अन्तरालमा सम्पन्न भएको उनले बताए । बैठकको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको बताउँदै क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत ऋषिराम आचार्यले पोखराले विशिष्ट पाहुनाको स्वागतको प्रतीक्षा गरिरहेको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending