Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पाकिस्तानी र बंगलादेशी राजदुत र उपराष्ट्रपति पासाङ बीच भेटवार्ता

[caption id=\"attachment_64042\" align=\"aligncenter\" width=\"750\"]\"उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि पाकिस्तानी राजदुत मजहर जाभेद[/caption] काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’स“ग नेपालकालागि पाकिस्तानी र बंगलादेशी राजदुतले शिष्टाचार भेट भएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर पाकिस्तानी राजदुत मजहर जाभेद र बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले उपराष्ट्रपति पासाङस“ग छुट्टा–छुट्टै शिष्टाचार भेट भएको हो । पाकिस्तानी राजदुत जाभेदस“गको भेटमा उपराष्ट्रपति पासाङले पाकिस्तान र नेपालको सम्बन्ध धेरै पुरानो रहेको बताउँदै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । उनले गत वैशाखमा गएको विनाशकारी भूकम्पमा राहत तथा उद्दार र पुनःनिर्माणका लागि पाकिस्तानले ठूलो सहयोग गरेको बताउँदै धन्यवादसमेत दिए । नया“ संविधानको स्वागत गरेकोमासमेत उपराष्ट्रपतिले पाकिस्तानलाई धन्यवाद दिए । पाकिस्तानी राजदुतस“गको भेटमा उपराष्ट्रपतिले केही वर्षदेखि रोकिएको काठमाडौं–कराची हवाई उडान सुचारु गर्न आग्रह गरे । काठमाडौं–कराची हवाई उडान हु“दा रोजगारीका लागि खाडी मुलुक जाने नेपालीहरुलाई ठूलो लाभ हुने बताए । भेटमा पाकिस्तानी राजदुत जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध धेरै पुरानो भएको बताउँदै आफ्नो कार्यकालमा थप सुदृढ हुने बताए । उनले काठमाडौं–कराची हवाई उडानका लागि आजै (बिहीबार)नै पाकिस्तान सरकारस“ग कुरा गर्ने बताए । सन् २०१३ मा विश्वभरी नै उडान कटौती गर्दा काठमाडौं–कराची उडान पनि कटौती भएको जानकारी गराउदै राजदुत जाभेदले अहिले अवस्था सहज भएकाले उडान सुचारु गर्न सकिने बताए । उनले काठमाडौं–कराची उडानका लागि आफूले पहल गर्ने बताउँदै नेपाली आकाशमा पाकिस्तानी विमान उडेको हेर्न चाहेको बताए । [caption id=\"attachment_64043\" align=\"aligncenter\" width=\"750\"]\"उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्स[/caption] बंगलादेशी राजदुत साम्ससँगको भेटमा उपराष्ट्रपति पासाङले नेपाल र बंगलादेशको सम्बन्ध बंगलादेशको स्वतन्त्रता संग्रामअघि देखिकै भएको बताए । दुई देशबीचको सम्बन्ध जनस्तरसम्म पुगेको बताउँ“दै उनले अझै सुमधुर बनाउने बताए । दुई देशबीचको सा“स्कृतिक, सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सम्बन्धलाई बढाउँदै जानुपर्ने बताउँदै उपराष्ट्रपतिले भूकम्पको बेलामा बंगलादेशले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिए । भेटमा बंगलादेशी राजदुत साम्सले नेपाल बंगलादेशको सम्बन्ध धेरै पुरानो भएको बताइन् । तयारी पोषाक उत्पादनमा बंगलादेश चीनपछि दोस्रो मुलुक भएको बताउ“दै उनले बंगलादेशीहरु नेपालमा लगानी गर्न चाहिरहेको बताइन् । प्रत्येक वर्ष २६ हजार बंगलादेशीले नेपालको भ्रमण गर्ने बताउँदै उनले नेपालीहरु पनि बंगलादेशको भ्रमण गरिरहेको बताइन् । उनले उपराष्ट्रपतिलाई बंगलादेश भ्रमण गरिदिन आग्रहसमेत गरिन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending