Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

माओवादी एकताको यस्तो छ रामकहानी

\"prachanda-kiran-750\" काठमाडौैं । पछिल्लो समय विभाजित माओवादीहरुबीचको एकताको बहस तीब्र हुँदै गइरहेको छ । एकीकृत नेकपा माओवादी र वैद्य माओवादी तथा अन्य माओवादीबाटै छुट्टिएका मात्रिका र मणि थापा लगायतका माओवादीबीचको एकताको पहल जारी रहेको छ । तर एकताको विषयमा भएका बहसका बारेमा नेताहरुले धारणा बाहिर ल्याएपछि भने पुनः पार्टीभित्रै विवाद बढ्ने गरेको छ । डा.बाबुराम भट्टराईले एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्नो पार्टीलाई एक वर्षभित्रै एक नम्बरको पार्टी बनाउँछु भनेर कस्सिएका छन् । आफ्नो पार्टीलाई एक नम्बरको पार्टी बनाउँने उदघोष गरी सातै प्रदेशमा पुगेर प्रशिक्षण दिइ फर्किएका प्रचण्डले माओवादी पार्टीहरुको एकताको पहललाई तीब्र बनाएका छन् । खासगरी एमाओवादी र वैद्य माओवादीबीचको एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तर माओवादी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको अभिब्यक्ति दिएकै कारण वैद्य माओवादीमा भने र बेला बेलामा रडको मच्चिने गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा तथा नेकपा (माओवादी)का संयोजक मात्रिका यादवबीच छलफल भइ एकता प्रक्रियाको मिलनविन्दुका बुँदाहरु लिखित रुपमा नै ल्याउन प्रचण्ड र वैद्यलाई जिम्मेवारी दिएका थिए । सोही निर्णयअनुसार प्रचण्डले दुई पृष्ठको दस्तावेज नै वैद्यलाई बुझाए भने वैद्यले पनि त्यसमा अध्ययन गरी केही बुँदाहरु थपेको वैद्य निकट माओवादीका एक केन्द्रीय सदस्य बताउँछन् । परि थापा नेतृत्वको नेकपा (एकीकृत)सँगको एकतापछि बसेको केन्द्रीय समितिले एकता प्रक्रिया टुंगोमा पुर्याउने जिम्मा पार्टी अध्यक्ष वैद्यलाई नै दिएको थियो । सोही निर्णयअनुसार एकताको लागि छलफल चलिरहँदा एकता अब केही दिनमै हुने जस्ता अभिब्यक्ति एमाओवादी नेताहरुले दिएपछि वैद्य रुष्ट देखिए । सहिद सप्ताह कार्यक्रमको उद्घाटनमा वैद्यले एकताको सस्तो प्रचारबाजी नगर्न वैद्यले चेतावनी नै दिए । तर त्यही सहिद सप्ताहको समापन कार्यक्रममा भने वैद्यका केन्द्रीय सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले चैत्रको पहिलो साता माओवादी एकता हुने मिति नै घोषणा गरिदिए । वादलको यस्तो अभिब्यक्तिपछि वैद्य माओवादीमा विधि नाघेर बादलले अभिब्यक्ति दिएको भन्दै अर्को रडाको मच्चिएको छ । माओवादी अध्यक्ष वैद्यसहितका नेताहरु सिद्धान्तनिष्ठ एकता मात्र सम्भव हुने पक्षमा रहँदा केही नेताहरु विनाशर्त एकता गर्न दबाब दिइरहेका छन् । केही नेताहरु भने के कारणले विभाजन भएको भन्दै एकता गर्नै नहुने पक्षमा पनि छन् भने केही समूह एकता गर्ने नगनै अन्यौलमा रहेको स्रोतको भनाइ छ । एकताको विषयमा चार ध्रुव देखापरेको वैद्य माओवादीमा वादल पनि विनाशर्त एकताको पक्षमा देखिएको भन्दै पार्टीभित्र विवाद झनै चुलिएको छ । केही नेताहरु पार्टी एकता नभए एक समूह एमाओवादीसँग एकता गर्ने तयारी गरिरहेकाले वैद्यले केन्द्रीय समितिको विशेष वैठक पुनः डाकेका छन् । एमाओवादीसँगको एकताबारे अन्तिम निर्णय गर्न भन्दै नेकपा क्रान्तिकारी माओवादीले आगामी चैत्र १२ गते केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । एकताको लागि दुई माओवादीबीच कुरा मिलेपछि मणि र मात्रिका माओवादी पनि एकैसाथ एकता घोषणा गर्ने तयारी गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending