Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेसमा हावी हुँदैछन्, परिवर्तनका विरोधीहरु !

\"Nepali-Congress-Office-NC\" काठमाडौं । गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई स्वीकार गरेर आएको नेपाली कांग्रेसमा १३ औं महाधिवेशनपछि परिवर्तनको विरोधीहरु हावी हुदैछन् । हिन्दु धर्मको पक्षमा वकालत गर्ने शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका छन् भने पछिल्लो राजनीतिक परिवर्तनका बारेमा नै कांग्रेसले पुनरावलोकन गर्नुपर्ने पक्षमा रहेका बीपीपुत्र शशांक कोइराला महामन्त्रीमा निर्वाचित भएका छन्  । केन्द्रीय सदस्यहरुको प्रारम्भिक गणनाअनुसार पनि सनातन हिन्दु धर्मको पक्षमा रहेका र पार्टी भित्रै हिन्दु राष्ट्र कायम गरिनुपर्छ भन्दै सनातन हिन्दु धर्मको पक्षमा अभियान चलाएका खुमबहादुर खड्काहरु सबैभन्दा बढी मतका साथ विजयी हुँदैछन् । केन्द्रीय समितिमा हिन्दुधर्मका पक्षपाती खुमबहादुर खड्कासहित खड्का पक्षधर नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित हुँदैछन्, त्यो पनि धेरै मतका साथ । कांग्रेस महामन्त्रीमा निर्वाचित शाशांकले १३ औं महाधिवेशन शुरु हुनुभन्दा तीन दिनअघि बीबीसी नेपाली सेवालाई दिएको अन्तरर्वातामा धर्म, संघीयता वा अरु विषयबारे पछाडि जाँदा केही नबिग्रिने बताएका थिए । उनले महाधिवेशनमा मुलुकको पछिल्लो परिर्तनको बारेमा पुनरावलोकन, पुनर्मूल्यांकन वा पछाडि फर्किने भन्ने समीक्षा गर्नुपर्ने बताएका थिए । अहिलेसम्म कसैले पनि लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई नलिएको भन्दै अहिलेपनि लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथि प्रश्न उठिरहेको कोइरालाको तर्क थियो । यो परिवर्तनलाई कहिलेसम्म ग्रहण गर्ने, कति समय लाग्ने वा ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा एकचोटी पछाडि एकचोटि फर्केर हेर्नैपर्ने उनको भनाइ थियो । तर नेतृत्व चयनमा मात्रै ध्यान दिएका कांग्रेस नेताहरुले पार्टीको नयाँ कार्यदिशाबारेमा भने १३ औं महाधिवेशनमा गम्भीरतापूर्वक केही पनि छलफल गरेनन् । परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने भन्नेमा महाधिवेशनमा गम्भीरतापूर्वक छलफल हुन नसके पनि परिवर्तनका विरोधीहरु नयाँ नेतृत्वमा हावी भएका छन् । यो नतिजाले कांग्रेसको राजनीतिमा निकट भविष्यमै फेरबदल ल्याउँछ कि मुलुककै राजनीतिक अवस्थामा परिवर्तन ल्याउँदैछ, निकट भविष्यमा थाहा हुने जानकारहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending