Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस केन्द्रीय सदस्यहरुको मतगणना जारी, सबै परिणाम आउन एक साता लाग्ने

\"nc-vote काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुको मतगणना विहीबार पनि जारी रहेको छ । बुधबार बेलुकासम्ममा खुला २५ केन्द्रीय सदस्यहरुको १ सय ५० मतगणनापछि स्थगित गरिएको थियो । विहीबार विहान १० बजेदेखि मात्रै स्थगित मतगणना शुरु गरिएको हो । पार्टी सभापतिसहित पदाधिकारीको गणना सकिएपछि खुलातर्फका केन्द्रीय सदस्यहरुको गणना थालिएको हो । कांग्रेसको १३ औं महाधिवेशनमा भएको निर्वाचनको सबै परिणाम आउन भने झण्डै एक साता लाग्ने निर्वाचन समितिले जनाएको छ । खुलातर्फको २५ केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यको खुलातर्फको मतगणना प्रोजेक्टरको प्रयोगबाट गरिएको छ । एक–एक मतपत्र प्रोजेक्टरमा राखेर भित्तामा देखाउँदै मत गणना गरिएको कारण गणना कार्य ढिलाइ हुने देखिएको हो । मत गणना भैरहेको हलको भित्तामा प्रोजेक्टरको दृश्य हेर्दै उम्मेदवारका प्रतिनिधि, पर्यबेक्षक, गणक र निर्वाचन समितिका सदस्यहरूले गणना गरिरहेका छन् । खुलातर्फको २५ केन्द्रीय सदस्यहरुको बुधबार गरिएको १ सय ५० मतको गणनामा सबैभन्दा बढी खुमबहादुर खड्काको रहेको छ भने दोस्रोमा प्रदीप पौडेल देखिएका छन् । खड्काले ९४ मत प्राप्त गरेका छन् भने पौडेलले ८७ मत प्राप्त गरेका छन् । खड्का शेरबहादुर देउवा प्यानलका हुन् भने पौडेल रामचन्द्र पौडेल प्यानलका हुन् । खुला केन्द्रीय सदस्यको प्रारम्भिक गणनाअनुसार देउवा प्यानलको अग्रता देखिएको छ । यस्तै, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधी, महेश आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, सुजाता कोइराला पनि अग्रपंक्तिमै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending