Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

गगन थापा बाइबाइ, खुमबहादुर हाइहाइ !

\"khumकाठमाडौं । कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा प्रभावशाली चित्रलेखा यादवलाई पराजित गर्दै सिरहाकी सीतादेवी आदव विजयी भइन् । तर, सभापति, महामन्त्री र कोषाध्यक्षको परिणाम आए पछि कांग्रेसमा महाधिवेशनको राप र ताप घटेको छैन । २५ खुल्ला केन्द्रीय सदस्यको मत गणना जारी छ । कुन पक्षका को नेता आउँछन्, कुन प्रभावशाली नेता फेरि पराजित हुन्छन् वा को लो प्रोफाइलको नेता जित्छन् भन्ने  थाहा पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ । तर, यतिखेर चर्चामा महामन्त्रीमा जितेका शशांकको होइन, हारेका गगन थापाको भइरहेको छ । महामन्त्रीमा भिडन्त पनि रोचक नै थियो । एकातिर देउवा पक्षबाट अर्जुननरसिंह केसी उम्मेदवार थिए भने सिटौला पक्षबाट उनै  गगन उम्मेदवार । यिनीहरुको उम्मेदवारी प्रतिस्पर्धीका रुपमा मात्र सीमित भएन । किनकी केसीका ज्वाईं थापा हुन् । ज्वाईं ससुराको सम्बन्ध भएका कारण अन्तिमसम्म पनि गगन उठ्दैनन् भन्ने आँकलन गरिएको थियो । तर, केसीको अनेक दाउका बावजुद पनि थापा रोकिएनन् । सम्मानजक ५८४ मत पनि ल्याए । तर, आफ्नो पक्षका देउवा विजयी हुँदा केसी जितेनन् । देउवालाई पहिलो चरणमा आएको जति भोट पनि केसीलाई  आएन । अझै प्रष्ट भन्दा केसी देउवा पक्षमा रुचाइनन् । रुचाइएका थिए भने, देउवाको भन्दा दुई सय मत कम अर्थात १३५० मत मात्रै ल्याएको भए पनि केसी जित्न सक्थे । तर, उनी १०१७ मैं रोकिए । शशांकले १४१७ मत प्राप्त गरे र सबैको आँकलन विपरीत बिपीपुत्रका रुपमा बाजी मारे । सामाजिक संजालमा दुई दिनसम्म ज्वाईं ससुराको भिडन्तले चर्चा पायो । गगनले सहयोग गरेका भए केसी  जित्थे पनि भनियो । तर, राजनीतिमा यो सबै सम्भव भएन । आफ्नो राजनीतिक भविष्यका लागि भन्दै जोखिम उठाएरै उम्मेदवारी दिएको गगनले अहिले पनि बतारहेका छन् । पार्टीमा सुधारको आवश्यकता भएको भन्दै निरन्तर क्रियाशील हुने उनको भनाई आएको छ । युवामाझ लोकप्रिय छवि बनाएका गगनको चर्चा फेरि चुलिएको छ । चर्चा चुलिनुको पछाडि अब ससुसा केसी होइनन्, खुमबहादुर खड्का छन् । किनकी अघिल्लो पटक सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेका गगन यसपटक महामन्त्रीमा पराजित भए । तर, भ्रष्टाचारमा भद्नामीका भारी बोक्दै जेल बसेर राजनीतिमा होमिएका खड्का २५ सदस्यको खुल्लाको मत गणनामा सबैभन्दा अगाडि देखिन्छ । मतगणनाको शैली हेर्दा उनी हार्छन् जस्तो देखिंदैन । एकातिर युवाहरुको प्रवेश भएको कांग्रेसमा गगनको बाइबाइ भयो भने, अर्कोतिर भ्रष्टाचारीको कीर्तिमान बनाएका खुमबहादुरको हाइहाइ भइरहेको छ । कांग्रेसका एक नेता यस्तो हुनुलाई राजनीतिक बिडम्बनाको रुपमा लिन्छन् । ‘गगन जो अघिल्लोपटक सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर,  यसपटक युवाहरुमा माग हुँदाहुँदै पनि महामन्त्रीमा पराजित हुन पुगे’ ती नेताको टिप्पणी छ, ‘खुमबहादुरहरुको हाइहाइ हुने देखिन्छ ।’ देउवालाई जिताउन अहम् भूमिका निभाएका खड्कालाई उपसभापति बनाउने चर्चा पनि उत्तिकै छ । यस्तोमा गगन थापा बाइबाइ, खुमबहादुर हाइहाइको अवस्थालाई कांग्रेसीजनले कसरी लेलान् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending