Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

शिव भजन गाईराख्नु होला ! फेरि फेरि पाइन्न यो चोला !!

\"pashupati_shivaratri\"   हात मुखको जोहो गर्न कोठाबाट कारखाना जाँदै गर्दा बाटोमा यो गीत झाट्ट सुनेँ । गीतको अरु अन्तरा खासै नबुझेपनि यो लाइन चाँही एकै पटकमा याद भयो । माइकले पनि दोहो¥याएर यही नै लाईन गाइरहेको थियो । अनायासै मैलेपनि मनमनै एक फेर गीत गाएँ । साँच्चै ! फेरि फेरि त पाइन्न यो चोला । त्यसो भए अब शिव भजन गाएर बसौं त ? यो प्रश्न मनमा हठात उब्ज्यो । गीतले टुक्राले मेरो कारखानातिर दौडदै गरेको पाइला एकाएक मोडियो । म लागेँ भजन गुन्जिरहेको स्थानतिर । गौरीघाटनिर पुग्दा देखियो; लामलागेका हजारौं भक्तजनहरु । उनीहरु शिवको काखमा गई बेलपत्र, दुध इत्यादी चढाउन एकदम आतुर थिए । मानौं आफ्नै जन्मदिने रोगी आमालाई अन्तिम पटक हेर्न आईसीयूमा गइरहेका छन्। भगवानको घरसम्म जान आतुर भक्तजनहरुलाई व्यवस्थित गर्न खटिएका देखिन्थे हजारौंको संख्यामा स्वयमसेवकदेखि पुलिसहरुसम्म । म बल्लतल्ल जय बागेश्वरीबाट ओरालो झर्दा पुगिने गेटमा पुगेँ । त्यहाँपनि त्यतिकै भिड थियो । अरुदिन ठ्याँस्स गनाउने२÷३ वटा बोकाहरु आज त्यहाँ देखिएन । भित्र छिर्न खोजेँ । पुलिसले बाटो छेक्यो । मैले कार्ड देखाएँ । ‘लामो कुरा नगर’ पुलिसले कार्ड नहेर्दो रहेछ । म लुरुक्क भएर फर्केँ । माइकमा अघिको गीत बजिरहेको थियो । एक हजार रुपैंयामा भगवानलाई खुस दिएर पूजा गर्न गएका मानिसहरुको लाम देखेँ ।  भगवान पनि घुस खाँदो रहेछ ।’ मनमा एकाएक यस्तो पो भन्न मन लाग्यो । गाई पाल्ने गाउँमा पुग्दा देखियो अघिको गीत बज्ने मञ्च । मानिसहरु भजन गाएर नाचिरहेका थिए । मञ्चको अगाडि अग्लो दानपेटिका राखिएको थियो । मनमा सम्झना आयो । सायद शिवले पनि मैले जस्तै बाँच्नुपर्छ क्यार नत्र किन चाहियो यत्रो पैसा । म भजनमा झुमिरहेको मानिसहरु हेरिरहेको थिएँ । एउटाले धकेलेर मलाई बाहिर निकालिदियो । म बाहिर आईपुगेँ । सम्झेँ, सायद मैले दान पेटिकामा केही राखेको भए भजनमा नाच्न पाउने रहेछु । हरे, नाच्न पनि पैसा तिर्नुपर्ने ? म सरासर सोझिएँ मान्छे पोल्ने घाटतिर । बाटोमा कयौं माग्ने मान्छेहरु लाम लागेर बसेका थिए । किन ढाँट्नु, मैले पैसा दिइन उनीहरुलाई । मान्छे पोल्ने घाटतिर जाँदै गर्दा मेरो मन भने सिधै सोझियो गाउँतिर । गाउँमा गतवर्ष शिवरात्रीमा भएको थियो एउटा घटना । त्यो घटना यस्तो थियो :– घटना सर्लाही कालिन्जोरमा भएको थियो । शिवरात्रीको दिन गाउँमा एकजना उटपट्याँङ मानिसले भाङ र धतुरो मिसिएको खीर गाउँभरी खुवाएछ । कतिले शिवरात्री भन्ने दिन नै भूलेर खाए । कतिले शिवरात्रीमा रमाइलो गरौं भनेर खाए । धेरैलाई नमान्द नमान्दै जवरजस्ती खुवाईयो । भाङ्को मात्रा नमिलेको खीरले पुरै गाउँ करिव ३५ घर पुरै अर्धपागलको बस्ती जस्तो भयो । कोही छाति पिटीपिटी रुने, कोही हाँसेकोहाँस्यै गर्ने, कोही लुगाफाटो बोकेर आधारातमा निस्कन खोज्ने भयो । भाङ खानेहरुमध्ये केही युवतीहरु पनि थिए । युवतीहरु भाङ खाएपनि आधारातमा घरबाट निस्केर खोला र जंगलतिर हिडेँ । बुवा दाजुभाइ छोरी चेली खोज्दाको हैरान । दाइभाइ नहुनेहरु खोज्न गएनन् । त्यसपछि त्यो रात जम्मा तीनवटा घटना भयो । पहिलो घटना, एकजना घरको धुरीमा गई त्यहाँबाट फालहान्दा खुट्टा भाँचिएर अपाङ्ग भयो । अर्को एकजना भाङ्को सुरमा अर्को गाउँमा पुगेछ । मानिसले चोर भनेर उनलाई बेहोस हुने गरी पिट्यो । तेस्रो दुई जना युवती बलात्कृत भइन् । हुन सक्छ भाङ खुवाउनुको अन्तिम योजना यही थियो । ती युवतीहरुले केही दिनपछि परिवारमा कुरा खोले । बलात्कृत युवतीका परिवारले लोक लाजको डरले प्रहरीकोमा उजुरी दिन गएनन् । बिझाइरहने पीडा बोकेर ती युवतीहरु बाँच्न विवस भइन् । बलात्कार गर्नेले बहादुरीपूर्वक गाउँमा एक कान दुई नाक गर्दै हल्ला फिँजाउन थाले । बलात्कृत युवती र परिवारलाई अब समाजमा इज्जत देखाउनसमेत नहुने हुन थाल्यो । अन्ततः ती युवतीहरु गाउँ छाडेर काठमाडौं पस्न बाध्य भए । म जान्दिन आज ती दुई युवतीहरु कहाँ के गर्दै होलिन् । ? \"Sadhu_PASHUPATI-750\" म लागेँ भिड र पुलिसको घेरा छिचोल्दै भस्मेश्वरतिर । जहाँ नाङ्गा बाबाहरु नाङ्गीएर शिव भक्तीगान गाइरहेको हुनेछ । सामाजिक मर्यादाको के कुरा । भगवानको उपसना गर्ने दिन । सायद यही सोचेर जोगीहरु नाङ्गीने होडमा थिए । भस्मेश्वरमा देखिइनन् दुई जना विदेशी युवती । उनीहरुले एकजना नाङ्गो जोगीको फोटो खिच्दै थिए । अरु जोगीहरु कंकटमा गाँजा भरेर खाँदै थिए । भस्मेश्वरमा नाङ्गाहरु खासै नभेटिएपनि म निस्किएँ मान्छे पोल्ने घाटतिर । घाट एकदम सुनसान थियो । मान्छे नमरेर हो या पोल्न नदिएर हो उनै शिव जानुन् । तर मान्छे पोल्ने चितामाथि कुकुरहरु पुच्छर लुकाएर सुतिरहेका थिए । अब मेरो यात्रा अघि बढ्यो गुहेश्वरीतिर । उकालोमै देखियो, गाँजा र भाङको खुलमखुल्ला बिक्री भइरहेको । गालामा महादेवको तस्बिर पेन्टिङ गर्न लगाउनेको उस्तै भिड । उकालोमा अर्धनग्न फकिरहरुको उस्तै उच्श्रृङखल गतिविधि । कुचोले आफ्नो लिङ्ग छुवाउँदै तमासा हेरिरहेका रमितेहरुको टाउको माथि माथि कुचो नचाउँथ्यो । त्यसपछि श्लेस्मान्तक बनतिर लागेँ। उता उस्तै थियो, गाँजा तानिरहेका युवायुवतीको भीड । बाँदरहरु डराएर यताउता कुदिरहेका । यता आकाशतिर भ्याटाटा कराउन थाल्यो हेलिकप्टर । पशुपतिको आकाशमा फन्को मारिरहेको देखियो नेपालको झन्डा र महाशिवरात्रीको तुल बोकेर ‘नेपाल सरकार’ࢌ। आकाशतिर हेरिरहेको थिएँ । एउटाले थमाईदियो सेतो पुर्जा । पुर्जामा लेखिएको थियो, ‘लिनुहोस्, अवश्य जान्नुहोस्’ हेरेँ, ब्रम्हा, विष्णु र महेशको मातापिता को हुन् ? यो जान्नकालागि यो किताव यतिमा किन्नु होस् । किताव किन्न यहाँ सम्पर्क गर्नुहोस् । \"parcha-750\" म छक्क पर्छु । के यस्तै हो शिवरात्री भनेको ? फेरि सम्झिन्छु सनातन हिन्दु धर्ममा कट्टर पक्षपातिहरुको चर्को भाषण । के छ यसमा जोगाउनु पर्ने सँस्कृति ? किन आजपनि मानिसहरु पछि लागेका छन् धर्मकै नाममा ? महिला अधिकारको कुरा गर्ने महिलाहरु नै किन लिङ्ग पुजा गर्न लाम लागेका छन् बिहानै देखि ? मानिसको त के कुरा, राज्य नै किन दिन्छन् यस्ता अन्ध धर्मलाई प्रश्रय ? म रन्थनिन्छु । सोच्दा सोच्दै हठात मुखबाट फुस्कन्छ शव्द ‘अफिम, सब अफिममा लट्ठीएका छन् लट्ठ्याईरहेका छन् शासनमा बस्नेहरुले।’ म रन्थनिदै निस्कन्छु पशुपतिको भिडबाट तिलगंगातिर । उता भजन मधुर लयमा बजिनैरहेको थियाे : ‘शिव भजन गाईराख्नु होला ! फेरि फेरि पाइन्न यो चोला !!’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy