Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संभ्रान्त परिवारमा जन्मिएकी जेनी मार्क्स, जसलाई अभावले गलाउन सकेन (सङ्क्षिप्त जीवनी)

\"jeny-marx\"साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी  जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो । जेनीको जन्मपछि उनको बुवाको ट्रिरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवार संग परिचय भयो । बालिका जेनी आफ्ना अरु स्कुले साथीसँगै कार्ल माक्र्ससँग खेल्ने गर्थिन । बाल्यकालदेखिको प्रेम जेनी २१ बर्षकी र माक्र्स १७ बर्षको हुदा परिपक्व प्रेममा परिणत भयो । जसको परिणमस्वरुप उनीहरुले सन १८३५ को गर्मी याममा विवाह गरे  तर उक्त सम्बन्ध अभिजात वर्गका जेनीका माता पिताहरुका लागि अस्वीकार्य हुने सम्भावना थियो । त्यसकारण उनीहरुले यस विवाहलाई तत्काल स्वीकार गरेनन । जेनीले कार्ल माक्र्ससँग विवाह गरेपछि उनको जीवनले नयाँ मोड लियो । आफुले २१ बर्षसम्म बिताएको जीवनशैली भन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनि कठिनाई र अभावहरुले भरिएको जीवन उनले सुरुआत गरेकी थिइन । विवाह पश्चात उनीहरु राइन नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनीहरु पेरिस पुगेपछि माक्र्सले पत्रिका निकाल्न सुरु गरे । १ मे १८४४ मा जेनीले उनकी जेठी छोरी जेनीलाई जन्म दिइन । \"marx\" त्यसबेला पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसैले उनीहरुको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५को शुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर माक्र्सलाई २४ घन्टाभित्र पेरिस छोड्नु पर्ने भन्ने प्रसियाली सरकारको आदेश सुनाएर गयो । तर जेनीले पेरिस छोड्नु पर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरु बेचेर केही पैसा जम्मा गरिन । त्यो पैसाले त्यहाँबाट उनीहरु ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एक रात २ जना मानिसहरु उनीहरु बसेको घर भित्र पसेर कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यलयमा लगे । त्यही रात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा जेनीलाई पनि प्रहरीले गिरफ्तार ग¥यो । र यौन व्यावशायी, पाकेटमार आइमाईहरु राखिएको हिरासतमा उनीलाई सँगै राख्यो । त्यहीं उनले एक पुरानो जीगोर नामका साथीलाई पनि भेटिन । उनका साथी जिगोरले तल हेर्न ईसारा गरे । जेनी झ्याल नजिक गएर हेर्दा कार्ल माक्र्सलाई सैनिकहरुले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन । केही बेरको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त ग¥यो । त्यसपछि माक्र्सको परिवार जहाँ गयो । त्यहाँबाट लखेटियो । उनीहरु १८४५ मा पेरिसबाट, १८४८ मा ब्रसेल्सबाट, १८४९मा क्योलनबाट र अगस्ट १९४९मा फेरी पेरिसबाट धपाइएका थिए । एक पटक त जेनी गर्भवती भएको बेलामा पनि उनीहरु निर्वासित हुनु परेको थियो । बसाइँ सर्न कैयौं पटक त उनीहरुसँग पैसा नै थिएन । यस्तो अवस्थामा पनि बाध्य भएर गर्भवती पत्नी र बच्चालाई छोडेर माक्र्स २६ अगस्टको दिन लन्डन पुगे । एक पछि अर्को निर्वासनका कहिल्यै नटुङ्गिने श्रृङ्खलाहरु र खस्कदो आर्थिक अवस्थाले पनि माक्र्सलाई कहिल्यै विचलित गर्न सकेन ।सभ्याता र ज्ञानले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी माक्र्सले सन १८७५–१८७७मा जर्मन प्रजातन्त्रवादी अखवार (प््राmयाङ्कफर्ट जेटुङ एण्ड हेन्डल्सब्लाट)मा साहित्यिक आलोचना सम्बन्धि लेखमाला प्रकाशित गरिन । त्यसमा उनले लण्डनको थिएटर जीवनबारे प्रकाश पारिन । शेक्सपियरका नाटकहरुमा मुख्य नायकको भुमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङ्कको उत्कृष्ट अभिनयबारे लेखिन र ब्रिटिश बुर्जुवा दर्शकहरुको अभिरुचीको हाँसो उडाइन ।जेनी माक्र्सले रुस लगायत देसहरुमा मजदुर तथा क्रान्तिकारी  आन्दोलनका गतिविधिबारे निगरानी राखेकी थिइन र त्यस आन्दोलनमा आफु सक्दो योगदान पनि पु¥याएकी थिइन । आफ्नी सत्यनिष्ठ जीवनसङ्गीनी तथा संघर्षमा निःस्वार्थ सहभागिप्रति माक्र्सले ‘पूँजी’को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनशाय राखेका थिए भन्ने एङ्गेल्सका भनाई रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति संघर्षमा जेनी माक्र्सको योगदान बाह्य संसारको लागि विशेष छैन तर एङ्गेल्सले उनलाई पनि ‘सर्वहारावर्गको  समाजवादको  पुरानो योद्धादलमा नै गणना गरेका थिए । तीक्ष्ण विवेकशील मस्तिष्क, राजनैतिक विनम्रता, स्फुर्ति जोसिलो चरित्र, आफ्नो श्रीमानले सम्पूर्ण जीवन बलिदान गरेको महान कार्यप्रति बफादारी र आत्मत्याग, यी सबै कुराहरुले परिपूर्ण जेनी माक्र्सबाट फेडरिक एङ्गेल्स ज्यादै प्रभावित थिए । त्यसैले त उनले जेनीलाई ‘उत्कृष्ट आत्मा भएको नारी’ भनेका थिए । जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म विरामी भएर ओछ्यानबाट उठ्न नसक्ने भइन । उता माक्र्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरहरुले उनको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्को कोठामा आफ्नी पत्नी मृत्यु शैयामा संघर्षरत रहँदा माक्र्स पनि रोगी थिए । सन १८८१ काे डिसेम्बर २ का दिन लण्डनमा जेनी  स्वार्गवास भइन । तर रोगले जीर्ण भएका माक्र्स आफ्नी प्यारी जेनीको अन्त्यष्टिमा पनि सहभागी हुन सकेनन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies