Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

अब कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन्छः शर्मा

\"dinanath-sharma-400\"धनकुटा। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्मालले अब कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । इटहरीमा शुक्रबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले संविधान कार्यान्वयनका लागि मधेसवादी दलहरुलाई समेटेर कांग्रेस नेतृत्वमा नयाँ राष्ट्रिय सरकार गठन हुने बताए । संविधान कार्यान्वनयमा लागि मधेसवादी दलका केही असहमति समेटेर मोर्चासहितको राष्ट्रिय सरकार गठन हुने उनले बताए । संविधान संशोधन र सिमांकनका विषयमा टुंगो लागेपछि मोर्चालाई समेत समेटेर राष्ट्रिय सरकार बनाउन एमाओवादी लागिपरेको उनले बताए । उपेन्द्र यादवसहितका दलहरु समेटेर राष्ट्रिय सरकार बनेपछि मात्रै संविधान कार्यान्वनय हुने उनले बताए । तत्कालै सरकारबाट कुनै मन्त्रीलाई फिर्ता बोलाउने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा एनेकपा माओवादी नरहेको उनले बताए । उनले विभाजित अवस्थामा रहेका माओवादी पार्टीहरुबीचको एकता पनि छिट्टै हुने बताए । माक्र्सवादलाई नै छाडेर जाने बाहेकका कम्युनिष्ट पार्टीहरुसँग एकता गरिने उनले बताए । बाबुरामलाई भारतको साथ एमाओवादी प्रवक्ता शर्माले एमाओवादी परित्या गरी नयाँ शक्तिमा लागेका डा.बाबुराम भट्टराईलाई भारतको साथ रहेको आरोप लगाए । भट्टराईले एमाओवादी छाड्नुको पछाडि भारतको हात रहेको उल्लेख गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत जयशंकरले भट्टराईको पक्ष लिएर अन्य दललाई गाली गरेको प्रसंग समेत उनले जोडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending