Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

१९ शव भेटियाे, अरु खोज्न कठिन, सेनाकाे शिविरले १ घन्टा वरै

\"taraम्याग्दी । विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरमा १९ यात्रुको शव फेला पारिएको छ।

नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ।

भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिए।   “शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,” उनले भने।

दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ। सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ। “तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,” प्रहरी जवान शर्माले भने।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए।

आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन।

आज बिहान ७:५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: