Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

भरतपुर अस्पतालका मेसुबिरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर

\"Keshavचितवन । भरतपुर अस्पतालमा तीन पटक मेडिकल सुपरिटेण्डेन्ट भइसकेका केशवराज भुर्तेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले डाक्टरभुर्तेलविरुद्ध २ करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।

भुर्तेलको श्रीमती रुक्मणीको नाममा समेत स्रोत नखुलेको चल अचल सम्पतिहरु राखेको भन्दै अख्तियारले रुक्मणीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ ।

डाक्टर भुर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानूनीरुपमा फाइदा र अस्पताललाई हानी नोक्सानी गराएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा अनियमितता गरेको अख्तियारको ठहर छ ।

यस्तै आफ्नो शेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अप्रेशनमा गैरकानूनीरुपमा रकम असुल गरी उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

डाक्टर भुर्तेलले चितवनको भरतपुर ११ र काठमाडौंको कलंकीमा बंगला बनाएको तथा चितवन मेडिकल कलेजमा ६७ लाख रुपैयाँ शेयर हालेको अख्तियारबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनले नवलपरासीको गैडाकोट र रजहर एवं चितवनका बिभिन्न ठाउँमा समेत अकुत चल अचल सम्पति जोडेको जनाएको छ ।

अख्तियारले भुर्तेल दम्पत्तीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९२० अनुसारको जरिवाना र कैद सजाय माग गरिएको छ ।

उनी भरतपुर अस्पतालमा २०६५, २०६७, २०७१ सालमा गरी ३ पटक मेडिकल सुपरिटेण्डेण्ट भएर कार्य गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending