Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

द्वन्द्वपीडितका लागि बनाइएका सरकारी भवन अलपत्र

कञ्चनपुर । द्वन्द्वपीडितलाई पुनःस्थापनाका लागि पुनर्वासमा शान्ति मन्त्रालयको बजेटमा पाँच वर्षअघि बनाइएका भवन पीडितको पहिचान हुन नसक्दा प्रयोग विहीन बनेका छन् । नेपाल सरकारको शान्ति मन्त्रालयको रु ३३ लाखको लगानीमा पुनर्वास नगरपालिका–७ मा निर्माण गरिएका २५ वटा भवन द्वन्द्व पीडित बस्न नआउँदा बेवारिसे बनेका छन् । आर्थिक वर्ष ०६६÷०६७ मा राष्ट्रिय आवास कम्पनीद्धारा निर्माण गरिएका भवन जिल्ला शान्ति समितिले वास्तविक द्वन्द्वपीडितको पहिचान गर्न नसक्दा भवन बेवारिसे बन्न पुगेका हुन् । लाखौँको सरकारी लगानीमा निर्माण गरिएका तीन कोठे घर संरक्षणको अभावमा अहिले जीर्ण बन्दै गएका छन् । रेखदेख हुन नसक्दा बनाइएका भवनका झ्याल ढोकासमेत अहिले फुटाइएको अवस्थामा पुगेका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका द्वन्द्व प्रभावितको जीवन कष्टकर बन्दै गए पनि जिल्लास्थित शान्ति समितिले वास्तविक द्वन्द्वपीडितको पहिचान गर्न नसक्दा सरकारी बजेटमा बनाइएका घर प्रयोगमै नआई भत्कने अवस्थामा रहेका छन् । पटक–पटक द्वन्द्व पीडितलाई बनाइएका घरमा बस्न आउन अनुरोध गरिए पनि शान्ति समितिले वास्तविक पीडितको पहिचान र सिफारिस गर्न नसक्दा भवन बेवारिसे बन्न पुगेको राष्ट्रिय आवास कम्पनी त्रिभुवनबस्ती कञ्चनपुरका कामु प्रबन्धक कर्मजित राईले बताए । शान्ति मन्त्रालयको लगानीमा जिल्लाको पुनर्वासमा बनाइएका भवनको संरक्षण र व्यवस्थापन कसले र कसरी गर्नेबारे सरकारले स्पष्ट नीति नबनाएकाले गर्दा भवन अहिले बेवारिसे र जीर्ण बन्न पुगेको जिल्ला शान्ति समितिका अध्यक्ष गगनबहादुर सिंहले बताए । जिल्लामा करिब एक हजार द्वन्द्व प्रभावितको सङ्ख्या रहेको र पीडितको पहिचान तथा सिफारिसमा चुनौती थपिएको अध्यक्ष सिंहले बताए । द्वन्द्वपीडितलाई राहत र सहयोग गर्ने उद्देश्यले सरकारले भवन निर्माण गरे पनि संरक्षणका लागि गतिलो संयन्त्र र नीति नहुँदा सरकारी बजेट खेर जान पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: