Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सार्वजनिक ठाउँमा चुरोट खान छुट, खिल्ली चुरोट बेच्न प्रतिबन्ध !

काठमाडौ । सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न नपाइने गरी बनाएको सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन जारी गरेको वर्षौ भए पनि ब्यवहारतः लागू हुन सकेको छैन । सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयन प्रमाणीकरण गरेको उक्त ऐनमा सार्वजनिक ठाउँमा चुरोट तथा सूर्ति सेवन गरेको पाइए एक सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । \"smoking-2\"उक्त ऐन लागू भएको केही समय सार्वजनिक स्थानमा चुरोट खानेहरुलाई प्रहरीले कारबाही गरे पनि कारबाही प्रक्रिया लामो समय टिक्न सकेन । चार वर्षअघि ल्याइएको उक्त ऐन कार्यान्वयन हुन नसकिरहेको बेला सरकारले चुरोटको खिल्ली विक्री गर्न पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐनमा नै कुनै पनि कुनै पनि पसलबाट चुरोटको प्याकेट खोलेर खुल्ला विक्री गर्न नपाउने उल्लेख छ । सार्वजनिक स्थानहरुमा फुटकर रुपमा चुरोट तथा सूर्तिजन्य वस्तुको बिक्री वितरणसमेत गर्न नपाइने ऐनमा उल्लेख छ । ऐनमा व्यवस्था भएबमोजिम १८ वर्Èभन्दा मुनिको बालबालिका तथा गर्भवती महिलालाई पनि सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था छ । सोही नियमको आधारमा नै कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कानूनले नाङलो पसल थापेर बस्ने तथा साना ब्यवसायीहरु मारमा पर्ने भएका छन् । सोही ऐनको दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिँगारको खिल्ली बिक्रीवितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्नसक्ने उल्लेख छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ सूर्तिजन्य वस्तुका उत्पादन, र्रयापिङ तथा प्याकेजिङका बारेमा समेत धेरै कुरा भए पनि कार्यान्वनयमा आउन सकेको छैन । कुनै पनि कम्पनीले चुरोटको प्याकेट कम्तीमा बीस खिल्ली अटाउने गरी तयार गर्नुपर्ने उल्लेख भए पनि १० खिल्लीको प्याकेटको चुरोट विक्री भइ नै रहेको छ । २७ वटा दफा रहेको सो ऐनमा उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, ¥यापर्स प्याकेटमा कम्तीमा ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देश तथा चित्र राख्नुपर्ने र सन्देश नराखे त्यस्ता कम्पनीलाई ५० हजार रुपियाँसम्मको जरिवाना गरिने समेत उल्लेख छ । कानून विपरीत खिल्ली चुरोट बिक्री गरे कारबाही गरिने स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बताउँछन् । पहिलो संविधानसभाको ब्यवस्थापिका संसदले सूर्तिजन्य नियन्त्रण नियमन ऐन पारित नगरेको भन्दै आन्दोलन समेत भएका थिए तर ऐन पारित गरी लागू लागि वर्षौ भए पनि ब्यवहारतः कार्यान्वनयमा आउन सकेको छैन । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्रै कानून बनाउने कर्मचारीहरुले नै निश्फिक्री चुरोट खाइरहेका भेटिन्छन् । ब्यवस्थापिका संसदले उक्त ऐन २०६७ चैत्र २८ गते संसदबाट पारित गरेको थियो । तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले प्रमाणिकरण गरेपछि २०६८ असारदेखि सो ऐन लागू गरिएको थियो । सूतिर्जन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (एफसीटीसी) संसद्बाट पारित भएको ५ वर्Èपछि मात्रै नेपालमा लागू गरिएको थियो । धुमपानकै कारण वर्षेनी हजारौंको ज्यान जाने गरेको छ । नेपालमा प्रत्येक वर्ष धूमपानबाट मात्र १५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: