Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्राचीनकालमा हिन्दुहरुले गाईको मासु खान्थे

\"world_cows-750\" नेपालका अधिकांश जनजातिहरुले गाईको मासु खान्छन् । त्यस्तै मुस्लिम समुदायको पनि खाद्य पदार्थ हो । जनजातिहरुको धार्मिक कर्ममा गाईको मासु नभई नहुने हुन्छ । तर नेपालमा त्यही गाईको मासु खान प्रतिबन्ध लगाइएकोछ । हिन्दु धार्मिक मान्यतामा गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । अझ नेपाल यस्तो देश हो जहाँ मानिसका लागि होइन, गाईकै लागि एक दिन विदासमेत दिइन्छ । धर्म निरपेक्ष राष्ट्र नेपाल भएकाले संविधानमा उल्लेख भएजस्तै नेपालमा सम्पूर्ण धर्महरु समान रहेका छन् । कसैले आफ्नो धर्मको पालना गर्दा अर्को धर्मालम्बीको आस्थामा चोट पुग्ने कार्य फेरिपनि गरिनु हुँदैन ।
नेपाल यस्तो देश हो जहाँ मानिसका लागि होइन, गाईकै लागि एक दिन विदासमेत दिइन्छ ।
यसै प्रसंगमा हिन्दुहरु स्वयमले प्राचीनकालमा गाईको मासु खान्थे, अझ् अचम्म त के छ भने आजका तिनै हिन्दु भगवानहरुलाई गाईकै बलि लिइन्थ्यो भन्ने तपाईलाई थाहा नहुन सक्छ । यसबारे भारतका एक जना विद्धान अम्बेडकरको धारणा हामीले यहाँ उल्लेख गरेका छौं । भारतीय संविधानको प्रमुख निर्माताहरु मध्ये एक थिए  अम्बेडकर । उनी एक सोधकर्तापनि थिए । उनले गौमांस खाने बारेमा एउटा निबन्ध लेखेका थिए । उक्त निबन्ध उनको ‘अछुतः को थिए र उनीहरु अछुत किन बने’ भन्ने पुस्तकमा सङ्ग्रहित छ ।
अम्बेडकरले लेखका छन्, ‘ ऋगवेदकालका आर्यहरुले खानका लागि गाईलाई मार्थे । यो ऋगवेदमा प्रस्ट शब्दमा लेखिएको छ ।’
दिल्ली विश्वविद्यालयमा राजनैतिक शास्त्रका प्रोफेसर शम्सुल इस्लामले उक्त निबन्धलाई सम्पादन गरि हिन्दी बीबीसीका लागि उपलब्ध गराएको सामाग्री हामीले यहाँ प्रस्तुत गरेका छौं । पवित्र छ त्यसकारण खानुपर्छ अम्बेडकरले प्राचीन कालमा हिन्दुहरुले गाईको मासु खाने गरेको कुरा साबित गर्नकालागि हिन्दु र बौद्ध धर्मग्रन्थहरुको सहारा लिएका छन् । उनका अनुसार गाईलाई पवित्र मान्नु भन्दा पहिला गाईलाई मारिन्थ्यो । अम्बेडकरले हिन्दु धर्मशास्त्रका विख्यात विद्धान पीवी काणेलाई उदृत गर्दै सो कुरा बताएका छन् । काणेले लेखेका छन्, ‘यस्तो होइन की दैविककालमा गाई पवित्र थिएन, त्यही गाईको पवित्रताको कारणले नै त्यसलाई खानुपर्छ ।’ (मराठीमा धर्मशास्त्र विचार, पुष्ठ–१८०)
ऋगवेदमा (१०.८६.१४) मा इन्द्रले भनेका छन्, ‘उनीहरुले एकसाथ पाँचवटा भन्दा बढि गोरुहरु पकाए ।’
अम्बेडकरले लेखका छन्, ‘ ऋगवेदकालका आर्यहरुले खानका लागि गाईलाई मार्थे । यो ऋगवेदमा प्रस्ट शब्दमा लेखिएको छ ।’ ऋगवेदमा (१०.८६.१४) मा इन्द्रले भनेका छन्, ‘उनीहरुले एकसाथ पाँचवटा भन्दा बढि गोरुहरु पकाए ।’ (१०.९१.१४) भनिएको छ की अग्निका लागि घोडा, गोरु, साँडे, बाँझी गाईहरु र भेँडाहरु बलि दिइन्थ्यो । (१०.७२.६) गाईलाई तरबारले मार्ने गरिन्थ्यो । अम्बेडकरले वैदिक ऋचाहरु उल्लेख गर्दै बलि दिनका लागि गाई र साँडे छनौट गर्ने गरिन्थ्यो उनी उल्लेख गरेका छन् ।
हिन्दु जसमा ब्राम्हण र गैर–ब्राम्हण दुबै थिए उनीहरुले गाईको मासु खाएका थिए ।’
अम्बेडकरले भिविन्न भगवानलाई गोरु र गाई बलि दिइन्थ्यो भनि लेखेका छन् । उनले भनेका छन्, ‘ विष्णु भगवानका लागि गोरु, भगवान इन्द्रका लागि सिंङ र चुरो भएको साँडे, पुशनका लागि काली गाई, रुद्रकालागि रातो गाई चाहिन्थ्यो ।’ सोधपत्रको आधारमा अम्बेडकरले एक समय हिन्दुहरु गाईको हत्या गरेर मासु खान्थे भनि उल्लेख गरेका छन् । अन्तमा अम्बेडकरले लेखेका छन्, ‘ यो प्रमाणबाट कुनै सन्देह छैन की एक समय यस्तो समय थियो, जब हिन्दु जसमा ब्राम्हण र गैर–ब्राम्हण दुबै थिए उनीहरुले गाईको मासु खाएका थिए ।’ हिन्दीमा पढ्नकालागि यहाँ क्लिक गर्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending