Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नारायणकाजीको राजिनामा फिर्ता

\"Cpn_maoist_building\"काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार सञ्चालन समन्वय तथा सहयोग समितिबाट दिएको राजिनामा फिर्ता लिएका छन् । एमाअाेवादी स्थायी समिति बैठकले राजिनामा अस्वीकृत गरेपछि उनले राजिनामा फिर्ता लिएका हुन् । एमाओवादी सरकारमा सहभागी भएपछि सरकार सञ्चालनमा समन्वय गर्न तथा सहयोग गर्न भन्दै प्रकाशको संयोजकत्वमा समिति बनाइएको थियो । तर समितिको निर्देशन मन्त्रिहरुले पालना नगरेको भन्दै प्रकाशले स्थायी समिति बैठकमा राजिनामा बुझाएका थिए । अध्यक्षकै नेतृत्वमा समिति बनाउनु उपयुक्त हुने भन्दै आफूले राजिनामा दिए पनि स्थायी समिति बैठकले पुनः आफ्नै नेतृत्वमा रहि काम गर्न आग्रह गरेकोले आफूले दिएको राजिनामा फिर्ता लिएको वैठकपछि एमाओवादी उपाध्यक्ष प्रकाशले जानकारी दिए । विहीबार विहान सम्पन्न स्थायी समिति बैठकले सरकारको काम सन्तोषजनक नभएकाले परिणाममुखी र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । वैठकमा एमाओवादीले सम्हालेको मन्त्रालयको ठोस रुपले समिक्षा गरेको उपाध्यक्ष प्रकाशले जानकारी दिए । बैठकमा सरकारमा सहभागी माओवादीका सबै मन्त्रीहरले अहिले सम्म गरेका कामहरुको विस्तृत विवरण पेश गरेका थिए । मन्त्रीहरुले पेश गरेको विवरणअनुसार वैठकमा अझ परिणाममुखी बनाएर काम गर्न बैठकले निर्देशन दिएको उपाध्यक्ष प्रकाशले जानकारी दिए । उच्च स्तरीय राजनीतिक संयन्त्रको तत्काल बैठक बसाल्ने सिंगो सरकारकै काम परिणाममुखी नभएको भन्दै एमाओवादी स्थायी समिति बैठकले सिंगो सरकारको कामलाई पनि सच्याउनुपर्ने तथा परिणामुखी र प्रभावकारी बनाउनुपर्ने निश्कर्ष निकालेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक तत्काल बसाल्ने र सरकारको काम प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक निर्णय गर्ने पनि बैठकले निर्णय गरेको एमाओवादी उपाध्यक्ष प्रकाशले जानकारी दिए । सरकारको काम प्रभावकारी नभएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग एमाओवादी अध्यक्ष प्रचण्डले नै छलफल गर्ने पनि एमाओवादी वैठकले निर्णय गरेको छ । वैठकमा कांग्रेससहितको राष्ट्रिय सरकार गठन गर्नेबारेमा भने कुनै पनि छलफल नभएको प्रकाशले जानकारी दिए । कांग्रेस महाधिवेशनमा लागेकाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नेबारेमा आफूहरुले सोंचेर हुने स्थिति नभएको प्रकाशले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: