Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संविधान संशोधनमा भोलि मतदान

\"caकाठमाडौं । आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै संसदमा पेश गरिएको नेपालको संविधान २०७२ को पहिलो संशोधनमाथि शनिवार मतदान हुने भएको छ । संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकोले विभाजनको प्रक्रियामा मतदान गराउन लागिएको हो । शनिवार मतदान गर्ने संसदको कार्यसूचि रहेकाले मतदानमा अनिवार्य रुपमा उपस्थित हुनका लागि कांग्रेस, एमाले र एमाओवादीले सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन् । मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै संविधान संशोधन गर्न लागिए पनि मोर्चाले संविधान संशोधन प्रक्रियामा पनि भाग लिएका छ्रैनन् । संविधान संशोधन विधेयक टेवल गरेदेखि नै मोर्चामा आवद्ध मधेसी दलका सांसदहरुले विरोध गर्दै आएका छन् । मोर्चाको विरोधका बाबजुद पनि विधेयक टेवल गरी छलफल थालिएको हो । उक्त विधेयकमाथि संशोधन हाल्ने काम पनि भइसकेको छ । विहीबारदेखि संविधानमा परेका संशोधनमाथि दफावार छलफल शुरु भएको छ । दफावार छलफलमा विहीबार बोल्न बाँकी सदस्यले शुक्रबारको बैठकमा धारणा राखेपछि शनिवार संशोधनमाथि मतदान हुने बताइएको छ । संसदमा पेश भएको संशोधन विधेयकमाथि २४ वटा संशोधन परेका छन् । संशोधन हाल्ने सांसदहरुलाई विहीबारदेखि धारणा राख्न समय दिइएको छ । संविधान संशोधनअघि नै मोर्चासँग वार्ता गरी सहमति जुटाउने भनिए पनि बुधबारको तीन दल–मोर्चा वार्ता भाँडिएपछि मोर्चाको विना सहमति नै संविधान संशोधन गरिने भएको छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका सबै निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि प्रस्तावित संविधान संशोधन विधेयकमा संशोधन हालिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: