Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

छानविन समितिलाई रंगेली पस्न नदिने मोर्चाको चेतावनी

\"rangeli-640\"विराटनगर । मोरङ्को रंगेलीमा विहीबार प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएपछि घटनाबारे छानविन गर्न बनाइएको समितिलाई रंगेली प्रवेश गर्न नदिने मधेसी मोर्चाले चेतावनी दिएको छ । विहीवार एमालेको युवा संगठन युवा संघले रंगेलीमा मधेस जागरण अभियान राखेपछि आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने विथोल्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । एमाले युवा संगठन र मधेसी मोर्चाको हठका कारण रंगेलीमा तीन जनाको ज्यान जाने घटना घटेको थियो । सोही घट्नाबारे छानविन गर्न भन्दै जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार विहान बसेको सर्वपक्षीय बैठकले एमाओवादी सांसद शिवकुमार मण्डलको संयोजकत्वमा १० सदस्य छानविन समिति बनाएको छ । समितिमा आन्दोलनरत मोर्चाबाहेकका दलहरु र पत्रकार महासंघ रहेको छ । स्थानीय प्रशासनले बोलाएको बैठक बहिष्कार गरेको मोर्चाले छानविन समितिलाई अस्वीकार गरेको छ । सरकारमा रहेका दलहरुको छानविन समिति मान्य नहुने उनीहरुको भनाइ छ । प्रशासनले छानविन समिति बनाएर नाटक गरेको भन्दै मोर्चाले समितिलाई रंगेली पस्नै नदिने चेतावनी दिएको छ । मोर्चाका मोरङ संयोजक राजकुमार यादवले सरकारका सहभागी दलहरुलाई राखेर छानविन समितिको नाममा देखावटी नाटक गरेको आरोप लगाए । न्यायिक छानविन समिति गठन गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यो पनि पढ्नुस् एमाओवादी सांसद मण्डलको संयोजकत्वमा छानविन समिति बनाइयो रंगेलीमा झडप, तीनको मृत्यु सयौं घाईते
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: