Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

संविधान संसोधन प्रस्ताव पारित भएपछि नाकाबन्दी हट्छः प्रचण्ड

\"prachanda काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव पारित भएपछि नाकाबन्दी हट्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाटमा एमाओवादी अध्यक्ष प्रचण्डले संशोधन प्रस्ताव भोलि पास भएपछि नाकाबन्दीको समस्या हल हुने बताए । संविधान संशोधनपछि भारतीय नाकाबन्दीको समस्या हल हुने बताए पनि मधेस आन्दोलन हुन हुने नहुनेबारे उनले प्रष्ट्याएनन् । ‘अन्तर्राष्ट्रिय सन्धि अनुरुप व्यापार सहज हुनुपर्ने हो तर नाकाबन्दी कायमै छ,’ प्रचण्डले भने, ‘यो मधेश आन्दोलनसँग जोडिने विषय होइन ।’ संविधान संशोधनका लागि राष्ट्रिय सरकार एमाओवादी अध्यक्ष प्रचण्डले मुलुकको वर्तमान समस्या समाधान लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । संविधान संशोधनबाट नै मुलुकको समस्या समाधान गर्नुपर्ने भन्दै प्रचण्डले संविधान संशोधनका लागि पनि राष्ट्रिय सरकार जरुरी भएको बताए । यतिबेलाको नेपालको आवश्यकता राष्ट्रिय सहमतिको रहेकाले राष्ट्रिय सरकार गठन गरेर मात्रै मुलुकको समस्या समाधान हुने उनले बताए । सरकार गठन गर्दा नेपाली कांग्रेससहितका सबै पार्टीहरु संलग्न राष्ट्रिय सरकार बनाउनुपर्नेमा जोड भिएको पनि प्रचण्डले जानकारी दिए । संवाद र वार्ताबाट नै मधेस आन्दोलन र थारु आन्दोलनलाई समाधान गर्ने उल्लेख गर्दै उनले राजनीतिक संयन्त्र बनाएर ३ महिनाभित्र सीमांकनको विषयलाई टुंग्याउनु नै उत्तम हुने बताए । राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनको विषय हल गर्ने कुरामा मोटमोटी सहमति कायम भएको प्रचण्डले बताए । विराटनगरको घटना दुर्भाग्यपूर्ण एमाओवादी अध्यक्ष प्रचण्डले विहीबार विराटनगरमा भएको घटना दुखद र दुर्भाग्यपूर्ण भएको बताए । यो घटनाबाट सबैले शिक्षा लिएर छिटोभन्दा छिटो सहमति गर्नुपर्ने उनले बताए । मोरङको रंगेलीमा विहीबार प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको थियो । १२ बुँदेबाट संविधान घोषणासम्म आउँदा यी मुद्दाका विषयहरु प्रश्न चिन्हका रुपमा खडा भएको प्रचण्डले उल्लेख गरे । विराटनगर घटनालाई लिएर उनले केवल माओवादीसँग मात्र नभएर समग्र सुरक्षा निकायलाई समेत मुछ्न खोजिएको बताए । राष्ट्रका निम्ति सबै राजनैतिक दलहरु एक हुनुपर्ने बताए । फुटको औचित्य पुष्टी भएन, एकता आवश्यक एमाओवादी अध्यक्ष प्रचण्डले माओवादी पार्टीमा भएको विभाजनको औचित्य पुष्टि नभएको बताए । उनले फूटको औचित्य पुष्टि नभएकाले एकता अनिवार्य आवश्यकता भएको बताए । प्रचण्डले आफूहरु माओवादी एकताको प्रयासमा लागिरहेको बताए । नयाँ शक्ति शब्द भद्दा र पुरानो माओवादी शक्तिहरुसँग एकताको प्रक्रिया अघि बढिरहेको बताएका प्रचण्डले बाबुराम बनाउने लागेको नयाँ शक्तिलाई भने आलोचनात्मक टिप्पणी गरे । ‘शब्द मात्र नयाँ राखिएको छ, त्यो भद्दा र पुरानो शक्ति हो’, उनले भने, ‘नयाँ शक्तिको हाम्रो पार्टीमा खास असर परेको छैन । हामी संगठनलाई पुनर्गठन गर्दै नयाँ उत्साहका साथ अगाडि बढेका छौं ।’ आफूहरुले बाबुरामलाई रोक्न धेरै प्रयास गरेको तथा केन्द्रीय समितिबाटै फर्कन आग्रह गरेको प्रचण्डले स्मरण गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: