Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

कांग्रेस १३ औं महाधिवेशन : रोज्ने, इमान्दार कूलबहादुर की ! भ्रष्टाचारी खुमबहादुर !

\"Kulbahadurकाठमाडौं । भ्रष्टाचारी प्रमाणित भई जेल बसेर निस्किएका नेता खुमबहादुर खड्कालाई कांग्रेसले केन्द्रीय सदस्यबाट निलम्बन गर्न सकेन, अझै चाहेन । सर्वोच्च अदालतले भ्रष्टाचारी सावित गर्दा पनि सामान्य नैतिक मूल्य र मान्यताको धज्जी उडाउँदै कांग्रेसले उनलाई चोखो नै देखाउने प्रयास गरेको यही सन्दर्भबाट बुझ्न गाह्रो छैन । अकुत सम्पत्ति जोडेका उनै खुमबहादुरलाई सुशील कोइराला सरकारले फेरि पुरस्कृत गर्यो । द्वन्द्वकालमा गोठ भत्किए पनि उपचार र घरमर्मत भन्दै ३० लाखभन्दा बढी आर्थिक सहयोग गर्यो । निरन्तरता र इमान्दारिताको योगदानमा अब्बल कूलबहादुर गुरुङले कांग्रेसमा के पाए ? हार्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवार बनाइए गुरुङ तर, जित्ने अवस्था आएको भए उनले यो भाग पाउने थिएनन् । कांग्रेसमा यतिखेर १३ औं महाविधेशनको सरगर्मी बढेको छ । योगदान र सकारात्मक काम गरेका कूलबहादुर गुरुङहरु फेरि छायाँ पर्दैछन् भने पदको दुरुपयोग गरी अकुत सम्पत्ति जोडेका खुमबहादुर प्रवृत्ति हावी हुँदैछ । अर्थात् महाधिवेशनमा सुशीलदाई वा शेरबहादुर दाईलाई जिताउन सक्ने मत आफूसँग रहेको भन्दै खुमबहादुरहरु बार्गेनिङमा छन । तर, कूलबहादुरहरु चुपचाप छन् । महाधिवेशन (फागुन २० देखि २३) अन्तर्गत गाउँ र नगरमा माघ १५ गते अधिवेशन हुँदैछ, माघ २२ गते २४० क्षेत्र र २५ माघमा ७५  जिल्लाको अधिवेशन हुँदैछ । यो समय सुरु हुन अब जम्मा १० दिनमात्र बाँकी छ तर, नेताहरुको देश दौडाहा यतिखेर तीव्र बन्दै गएको छ । नीति, योजना, कार्यक्र र विचारभन्दा नेतागत तयारी कांग्रेसको महाधिवेशनमा हावी हुँदै गएको छ । कांग्रेसलाई विचारले उन्नत बनाउँदै जाने भन्ने विषयमा नेताहरु बहस गर्नुको साटो गुटको फेरो समातेर नेता सफल बनाउन दौडाहामा लागेका छन् । नेता नै प्राथमिकतामा पर्दा फेरि पनि कांग्रेसमा खुमबहादुर प्रवृत्ति हावी हुने अवस्थालाई कांग्रेसीले कसरी रोक्न सक्लान ? गाउँ, नगर, क्षेत्र हुँदै आउने महाधिवेशनप्रतिनिधिले बुझ्नुपर्ने कुरा हुन् यी । नेतालाई जिताउन प्रयोग हुने खुमबहादुर प्रवृत्तिलाई सहयोग गर्नेकी ‘इमान’ राजनीति गर्ने कूलबहादुर प्रवृत्तिमा लाग्ने भन्ने दोबाटोमा कांग्रेसको नेतृत्व छान्ने भोटर तयार हुँदैछन् । कांग्रेसम सुशील कोइरालाको नेतृत्वकालमा उही नेतामुखी र माथिबाट तलको राजनीति हावी भयो । सबै निर्णय कोठाचोटामा गरिए तर, तल्लो तहमा के हुन्छ, के भन्छन् भन्ने अवस्थालाई ख्याल गरिएन । देउवा पक्षका केही नेता र संस्थापनकै गगन थापा, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालाहरुले यस्तो प्रवृत्तिको विरोध गरे । तर, कोठाचोटाबाट कांग्रेसलाई आफ्नो कब्जामा राख्नेभन्दा उन्नत विचार  र बहसका जन्म र अभ्यास कांग्रेसमा भएन । ‘गएका पाँच वर्षका के भयो भन्दै रचनात्मक काम एउटै भएनन्, कोठाचोटाबाट पदाधिकारीका नाममा निर्णय गरियो तर, तल्लो तहले के सोच्छ, के गर्छ र के भन्छ भन्ने तर्फ ख्याल गरिएन’ आगामी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदावरी दिने तय गरेका एक नेता भन्छन्, ‘नीतिमा होइन, नेतामै भर पर्दा फेरि पनि खुमबहादुर प्रवृत्ति हावी हुने र कूलबहादुर प्रवृत्ति पाखा लाग्ने भय हामीलाई छ  ।’ हुन पनि गएका पाँच वर्षमा कांग्रेसमा राम्राभन्दा नराम्रा काम धेरै भए । केन्द्रीय समितिले निक्कै ढिला (अन्तिमतिर) पूर्णता पायो, विभागले काम गर्न सकेनन्, कार्यसम्पादान समिति बनेन । तर, सुशीललाई देउवालाई ४० प्रतिशतको भागबण्डामा आफ्नो हित देखे र अरु झमेलाभन्दा संस्थागत गुटगत भागबन्डालाई रोजिदिए । यसको परिणाम कांग्रेसमा नीति, विचार होइन, संख्या, बल, पाखुरा प्रधान देखिए । आगामी चार वर्षका नयाँ नेतृत्व चुन्दै  गर्दा फेरि पनि इमान्दार कूलबहादुरहरु छायाँ पर्ने र खुमबहादुरहरु उदाउने सम्भावित जोखिमलाई कांग्रेसी नेता कार्यकर्ताले न्याय गर्लान् ? कूलबहादुर जो वर्षौसम्म राजनीति गर्दा पनि काठमाडौंमा एउटा घर जोड्न नसकी डेरामा बस्छन् । तर, खुमबहादुरलाई करोडौं रुपैयाँ भष्टाचार गरेको ठहरपछि पनि कांग्रेसले पुरस्कृत गर्छ, बचाउँछ र गरिब देखेर ३० औं लाख सहयोग गर्छ । यस्ता पक्षलाई कांग्रेसले न्याय गर्लान् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending