Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

प्रधानमन्त्रीले भने– सेनाको बारेमा प्रश्न नउठाऔं

\"kp-oli-final-final9-400\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाकोबारेमा कुनै पनि कुरा उठाउनु सान्दर्भिक नभएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली सेना व्यावसायिक संस्था भएकाले यसको लोकतान्त्रीकरणको विषय उठाउनु सान्दर्भिक नभएको उल्लेख गरे । सरकार असफल भएर मुलुकको अवस्था डरलाग्दो प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार असफल भएमा मुलुकको अवस्था डरलाग्दो हुने बताए । सरकारले काम गर्न नसकेको भन्दै जनतामा निराशा उत्पन्न भएको स्वीकार्दै प्रधानमनत्री ओलीले सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जाने बताए । देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने उनले बताए । संविधान संशोधनले नयाँ बखेडाको आशंका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अहिले गर्न लागिएको संविधान संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने आशंका ब्यक्त गरेका छन् । संविधान संशोधनमा कांग्रेसले संसदमा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने उनले बताए । संविधान संशोधन मुलुकको समस्या समाधान गर्नेतर्फ हुनुपर्ने उनको भनाइ छ । मुलुक विखण्डनको खतरा ः खनाल एमाले बरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुक नै विभाजित गर्ने षड्यन्त्र भइहेको बताए । नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै उनले राजनीतिक सहमति गरी मुलुकलाई विखण्डन हुनबाट जोगाउनुपर्ने बताए । बैठकमा प्रमुख तीन दलको तर्फबाट कार्यदल सदस्यसमेत रहेका उपप्रधानमन्त्री भीम रावलले कार्यदलमा मोर्चासँग भएको छलफलबारे जानकारी गराएका थिए । संसदीय दलको विधान संशोधन गर्न कार्यदल एमाले संसदीय दलको बैठकले संविधानसभा रहेका बेला बनाइएको पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । संसदका प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । पाँच सदस्यीय कार्यदलमा  सचेतक गोकुल घर्ती, सांसद्हरु डा वंशीधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मियाँ छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending