Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

आज मध्यरातसम्म सम्झौतामा हस्ताक्षर !

\"sushil-kp-prachanda-650x295\"काठमाडौं । ब्यवस्थापिका संसदको बैठक मंगलबार बस्ने भएकाले सोमवार नै आन्दोलनरत मधेसी मोर्चासँग सम्झौता गर्ने बताएका प्रमुख तीन राजनीतिक दलका नेताहरु सोमबार मध्यान्हसम्म आ–आफ्नै ब्यस्ततामा छन् । संसद बैठकअघि नै मोर्चासँग सहमति गर्ने भनेका प्रमुख दलका शीर्ष नेताहरुले माघ ४ सम्म सम्झौतमा हस्ताक्षर हुँने भन्दै भाषणबाजी नै गर्दै हिडेका थिए । यसअघि पनि पटक पटक सहमतिको समय तोकेका नेताहरुले माघ ४ मै मोर्चासँग सम्झौता हुने बताउँदै आएका छन् । आज कार्यदलको बैठक बस्नुअघि नै प्रमुख तीन दलका नेताहरुले अनौपचारिक छलफल गरी सहमति जुटाउने र कार्यदल बैठकमा सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए । प्रमुख दलका शीर्ष नेताहरु आफ्नै ब्यस्ततामा रहेकाले मोर्चासँगको सहमतिबारे निर्णायक छलफल गर्न सकेका छैनन् । नेपाली कांग्रेसका  सभापति सुशील कोइराला पार्टीको आसन्न महाधिवेशनबाट पनि पार्टीको नेतृत्व हत्याउन आन्तरिक छलफल र भेटघाटमा ब्यस्त छन् भने एमाओावादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रशिक्षणका क्रममा देश दौडाहामा छन् । सोमवार विहानसम्म पनि उनी कैलालीको धनगढीमा कार्यकर्तासँग भेटघाट तथा स्थानीय निकायका कर्मचारीसँग भेटघाटमै ब्यस्त थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नै ब्यस्ततामा छन् । मोर्चासँगको छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको बताउँदै आए पनि सयन्त्रको बैधताको बारेमा टुंगो लाग्न सकेको छैन । प्रमुख दलहरुले संयन्त्रको बैधताबारे टुंगो लगाएपछि कार्यदलको बैठकमा सहमति गर्ने भनिए पनि अझै दलहरुबीच प्रस्तावित राजनीतिक संयन्त्रको बैधताबारे विवाद कायमै छ । संयन्त्रलाई कस्तो बैधानिकता दिने भन्नेमा दलहरु टुंगमा पुगेका छैनन् । मोर्चाले राजनीतिक संयन्त्रको विश्वासिलो आधार खोजेपछि तीन दलका कार्यदल सदस्यले संयन्त्रलाई संवैधानिक मान्यता दिनेमा सहमति जुटाउन सकिने बताएका थिए । प्रमुख दलका नेताहरु तथा मोर्चाका नेताहरुसँग सोमवार द्विपक्षीय तथा त्रिपक्षीय भेटघाट गरी सहमति जुटाउने र कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको थियो । सिंहदरबारमा दिउँसो तीन बजे बस्ने बैठकमा सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषय र मोर्चाका अन्य मागबारे छलफल गरी मध्यरातसम्मा सम्झौतापत्रमा हस्ताक्षर हुने नेताहरुको विश्वास छ । शीर्ष नेताहरु आ–आफ्नै ब्यस्ततामा रहेपछि कार्यदलकै तीन दलका नेताहरुले नै आन्तरिक छलफल गरी मोर्चासहितको कार्यदलको बैठक बस्ने बताएका छन् । आइतवारको बैठकमा सहमति नजुटेपछि प्रमुख तीन दलका तर्फबाट कार्यदलमा रहेका नेताहरुले प्रस्तावित कार्यक्षेत्र परिमार्जनका विषयमा शीर्ष नेतासँग छलफल गर्न भन्दै समय मागेका थिए । तर अझैसम्म शीर्ष नेताहरुसँग छलफल भएको छैन । मंगलबार बस्ने ब्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन गर्ने कार्यसूचि तय गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending