Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

मधेसी मोर्चासँग यसरी हुँदैछ सहमति

\"karyadal\"काठमाडाैं । झण्डै पाँच महिनादेखि कसिएको राजनीतिक गाठो फुकाउँदै प्रमुख दल र मधेसी मोर्चाका नेता सहमति नकिज पुगेका छन् । विवादलाई साँघुरो बनाई सहमतिको बाटो पहिल्याउन बनेको कार्यदलको निरन्तरको बैठकले समझदारीको बिन्दु पहिल्याउने प्रयासस्वरुप सहमतिको मस्यौदा तयार पारेको छ । आइतबार तयार गरिएको मस्यौदामा सीमा टुगो लगाउनदेखि राजनीतिक संयन्त्रको क्षेत्राधिकार के हुने भन्नेमा पनि पनि सहमति नजिक पुगेका छन् । दलहरु प्रदेशको सीमाकंन राजनीतिक संयन्त्रमार्फत गर्न तयार भएका हुन् । राजनीतिक संयन्त्रको क्षेत्राधिकारमा दलहरु सहमतिनजिक पुगेका छन् । सामेबार पुनः छलफल गरी टुंगो लगाउने तयारीमा दलहरु पुगेका छन् । कार्यदलमा रहेका एक सदस्यका अनुसार सोमबार शीर्ष तहमा छलफल गरेपछि जारी समस्या अन्त्य हुने बाटो खुल्ने छ । मधेसी मोर्चा तराईमा दुई प्रदेशको पक्षमा छ । तर, कांग्रेस, एमाले र एमाओवादीले यो मानिरहेका छैनन् । एउटा उपयुक्त र व्यवहारिक विधिद्धारा यो विषय टुंगोमा पुर्याउनुपर्नेमा प्रमुख दल छन् । आइतबार सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो पनि काठमाडौं आएकोले दलहरु सहमति नजिक पुगेको आभास भएको अर्का एक नेताको टिप्पणी छ । ‘बन्दै गएको वातावरण बिग्रेला भनेर पनि दलहरुले सहमतिका सबै विषय बाहिर नल्याएका हुन्’ ती नेता भन्छन्, ‘अब फाइनल चरणमा कुराकानी गरेपछि दलहरुबीच एउटा समझदारी बन्छ ।’ मधेसी मोर्चा यस अघिका सहमति र सम्झौताका आधारमा अघि बढ्नुपर्ने पक्षमा छ । दलहरुले बनाएको संयन्त्रमा भएका सहमतिलाई संविधानको अंग बनाउनुपर्ने पक्षमा मधेसी मोर्चा छ । यही स्पिरिटमा अघि बढे सोमबार निर्णायक हुने जनाउ उसले प्रमुख दलहरुलाई दिएको छ । पाँच महिनादेखि आन्दोलन गर्दै ११ बुँदे माग प्रमुख दलसामू राख्दै आएका मधेसी मोर्चासँग प्रमुख दललले पटकपटक वार्ता गरे पनि माघ लागेपछि सहमति हुने गरी प्रक्रिया अघि बढ्ने भएको हो । दलरुबीच सीमांकनको टुंगो तीनदेखि ५ महिनाभित्र लगाउने समझदारी पनि बन्दैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending