Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

राजेन्द्र महतोलाई काठमाडौंमा सुरक्षाको चिन्ता !

\"rajendraकाठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई काठमाडौं आएसँगै राजनीतिक संवाद र छलफल भन्दा बढी आफ्नो सुरक्षाको चिन्ता बढेको छ । तराई–मधेसको आन्दोलनमा सबैभन्दा बढी सक्रिय देखिएका महतो काठमाडौं छाडेर मधेस आन्दोलनको नेतृत्व गर्न गएपछि आइतबार पहिलो पटक काठमाडौं आएका हुन् । तराई–मधेसको आन्दोलनको अगुवाई गरेका महतोको बढी भारतीय नेताहरुसँगको साँठगाँठ र नाकामा भएका धर्नामा प्रत्यक्ष सहभागी हुनुका साथै काठमाडौंविरोधी अभियब्यक्ति दिएकैले गर्दा उनी सबैभन्दा बढी तारो बनेका छन् । निर्णायक आन्दोलन भन्दै नाकामा धर्ना दिएर काठमाडौंलाई नै अस्तब्यस्त पारेको र मोर्चाका नेताहरु छलफलमा आउँदासमेत मधेसमा रहेर साम्प्रदायिक भड्काव ल्याउने काम गरेको भन्दै काठमाडौंका युवाहरु उनीप्रति निकै आक्रोशित छन् । महतोले सद्भाव विथोल्ने प्रयास गरेको भन्दै युवाहरुको आक्रोश बढिरहँदा सरकारको नेतृत्व गरेको एमालेका युवा संगठनको अध्यक्ष राजिव पहारीले महतो नेपाली नागरिक नभएको भन्दै छानविन कारबाही गर्न मागसमेत गरेको छ । ओलीले सुरक्षाको जिम्मा लिए, युवाले विरोध गरे मधेसमा पहाडियाविरुद्ध अभिब्यक्ति दिएको भन्दै महतो स्वयं पछिल्लो समय काठमाडौंमा आफूलाई असुरक्षित ठान्दै आएका थिए । तर महतोको सुरक्षाको जिम्मा आफूले लिने भन्दै काठमाडौं आउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीकै आग्रहमा महतो काठमाडौं आए पनि विमानस्थलमै एमालेकै युवाहरुले महतोविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएपछि उनले आफू असुरक्षित रहेको महशुस गरेका छन् । प्रधानमन्त्री ओलीले महतोको सुरक्षाको ग्यारेन्टी गर्दै काठमाडौं बोलाए पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै कार्यकर्ताबाट महतो असुरक्षित छन् । एमाले संगठनमा कुण्डले मुण्डलेदेखि डनहरुलाई समेत पार्टीले संरक्षण दिँदै आएको एमालेकै नेताहरुले बेला बेलामा अभिब्यक्ति दिने गरेका छन् । विराटनगर–जोगवनी नाकामा धर्ना बस्न गएका बेला प्रहरीको लाठी लागी घाइते भएपछि विराटनगरबाट धरान हुँदै तीन साता अघि उनी उपचारको लागि दिल्ली गएका थिए । दिल्लीमा उपचारभन्दा राजनीतिक भेट बढी उपचारका लागि दिल्ली गएका महतोले आफ्नो उपचार भन्दा बढी राजनीतिक भेटघाट गरेका छन् । एकसातामात्रै मेदान्त अस्पतालमा रहेका महतोले भारतीय राष्ट्रपति प्रणव मुखर्जीदेखि विदेशमन्त्री सुष्मा स्वराजलाई भेट गरेका थिए । महतोले भारतीय संस्थापन पक्षलाई मात्र नभई विपक्षी दल कांग्रेस आई नेता राहुल गान्धीसम्मलाई भेट गरेका थिए । काठमाडौं आएलगत्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले मधेस माग सम्बोधन हुने भन्दै बोलाएपछि आफू काठमाडौं आएको बताएका छन् । महतो काठमाडौंमा भन्दा दिल्लीमा सुरक्षित उपचारका लागि भन्दै दिल्ली गएका महतो उपचारपछि पनि स्वदेश फर्किन सकेनन् । सरकारले नै महतो सुरक्षित रहेको बताउँदै आएको थियो । तर पनि उनले आफूलाई काठमाडौंभन्दा दिल्ली नै सुरक्षित ठानेर फ्लोअपका लागि भन्दै दिल्ली छाड्न मानेका थिएनन् । महतो मधेस आन्दोलनमा रहेका बेला उनको काठमाडौंस्थित घर पनि युवाहरुले तोडफोडको प्रयास गरेका थिए भने सामाजिक सञ्जालहरुमा उनी विरोधी भावना फैलिँदै गएकाले पनि उनी काठमाडौंभन्दा दिल्ली सुरक्षित ठान्दै आएका थिए । प्रधानमन्त्रीकै आग्रहमा काठमाडौं आए लगत्तै उनीविरुद्ध युवाहरु सडकमा उत्रिएपछि महतो झनै आतंकित बनेका छन् । उनले आफूलाई असुरक्षित महशुस गरी आफ्ना कार्यकर्ताको साथ छाडेका छैनन् भने सरकारले पनि उनको सुरक्षाको लागि सुरक्षाकमीै खटाएको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending