Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्तो थियो ९० सालको भूकम्प (फोटो फिचरसहित)

\"90_sal_earthquake_dharahahra_broken\"काठमाडौं । नेपालको इतिहासमै १९९० सालको घटना भन्ने वित्तिकै सवैलाई भूकम्पकै याद आउँछ । त्यतिबेलाको भूकम्प ब्यहोरेकाहरु कमै छन् । कमै भएकाहरु पनि सानै त्यतिबेला भूकम्प जाँदा सानै थिए । ९० सालको भूकम्प जाँदा हल्लिएको अनुभव भए पनि भूकम्पले पु¥याएका क्षति र यसपछिका राहत र उद्धारका लागि के कस्ता कदम चालिए होला भन्ने पनि कमै मात्र जानकार होलान । अरु सबै इतिहासकारले लेखेका कुराहरु सुनेर नै ९० सालको भूकम्प निकै डरलाग्दो थियो भन्न सकिन्छ । सायद त्यतिबेला अहिलेको जति जनसंख्या हुँदो हो त कति मान्छेको ज्यान जाने थियो होला भनेर आकंलनसमेत गर्न सकिँदैन । ९० सालमा ८.४ रिक्टस्केलको भूकम्प गएको थियो । त्यतिबेला काठमाडौंको  जनघनत्व पनि निकै कम थियो । त्यसैले त्यो बेलाको क्षतिलाई निकै ठूलो क्षति मान्नु पर्छ । जतिबेला ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । \"6-नम्बे सालको भूकम्पले काठमाडौंको सबैजसो मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भएका थिए । काठमाडौंको धरहरा पनि भूकम्पले ढलेको थियो । नम्बे सालको भूकम्प गएको दिन आजकै दिन हो, अर्थात माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प गए लगतै नेपालको तत्कालिन सरकार राहत तथा उद्धारमा उत्तिकै खटिएको थियो । तत्कालै राणाकालिन प्रधानमन्त्री जुद्धशमसेर राणाले पीडितहरुका लागि राहतका लागि चौपारीमा उभिएर माइकिङ गरी घोषणा गरेका थिए । ९० सालको भूकम्पमा सरकारले एक्लैले भूकम्प राहत कोषमार्फत २ लाख ६ हजार पाँच सय रुपैयाँ बाँडेको थियो । त्यतिबेलाका कच्चि र माटोले बनेका घरहरु भएकाले महाभूकम्पलाई थेग्न सकेन । सबै घर तथा राणाकालिन दरबारहरु पनि भूकम्पप्रतिरोधी थिएनन् । जस्ले गर्दा भूकम्पले पूर्ण रुपमै ध्वस्त पारेको थियो । भूकम्प गएपछि भूकम्पपीडितहरुलाई टुँडिखेल मैदानमा राखेर खाना खुवाउने काम तत्कालिन राणाकालिन सरकारले नै गरेको थियो । [caption id=\"attachment_55549\" align=\"alignleft\" width=\"768\"]\"नब्बे नब्बे सालकाे भूकम्पमा टुँडिखेलमा राखेर खाना खुवाइँदै[/caption] कहिले कहिले गएको थियो, शक्तिशाली भूकम्प ? नेपालको इतिहासमा वि.सं. १३१० मा शक्तिशाली भूकम्प गएको थियो । ७.७ रिक्टर स्केलको उक्त शक्तिशाली भूकम्पमा परी काठमाडौ उपत्यकाका एक तिहाइ नागरिकको मृत्यु भएको थियो । राजा अभय मल्लले तत्कालै उर्दी जारी गरी उद्धार तथा राहतका लागि खटाएका थिए । त्यसको पाँच वर्षपछि वि.सं. १३१६ मा राजा जयदेव मल्लको पालामा शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा धेरै भवन तथा मन्दिरहरु भत्किएका थिए । यस्तै वि.स.१४६३ मा पनि शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरको साथै केही भवन तथा मन्दिरहरु भत्किएका थिए भने वि.सं. १६८२ मा राजा श्रीनिवास मल्लको पालामा पनि भूकम्प गएको थियो । १८६६ सालमा राजा गिर्वाण युद्धविक्रम शाहको पालामा पनि गएको भूकम्पले पनि धेरै भवन तथा मन्दिरहरु भत्काएको थियो । वि.सं. १८८० सालमा नेपालमा शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि १७ पटक पराकम्प गएको बताइन्छ । वि.सं. १८९० सालमा पनि शक्तिशाली भूकम्प गएको थियो । राजा राजेन्द्रविक्रम शाहको पालामा साँझ ६ बजे र शक्तिशाली पराकम्प राती ११ बजे गएको थियो । उक्त भूकम्पले ठिमी र भक्तपुरका घर तथा भवन पूर्ण रुपमै ध्वस्त भएका थिए । जतिबेला काठमाडौं उपत्यकामा ४ हजार २ सय १४ घरहरु धवस्त भएको तथ्यांक छ । \"5_judda_shamsher_announcing_the_relief_efforts1\" \"6- \"1990 \"1990 \"1990-old \"ghantaghar-1990  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies