Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दुईचोटि किरिया गरेपनि भूपाल ज्युँदै, नयाँजन्म गराउन भकारीमा लुकाईयो

मोरङ । म¥यो भनेर दुईपटक किरिया गरिसकेपछि पनि ज्युँदै फर्केर आएका मोरङको आइतबारेका एक युवकलाई नयाँ जन्म गराउन आफन्तले भकारीमा लुकाएर राखेका छन् । मरेको भनेर किरिया गरिसकेको मान्छेलाई त्यत्तिकै घरभित्र छिराउँदा धार्मिक दोष लाग्ने भन्दै गाउँले र धर्मशास्त्रीले दिएको सल्लाहअनुसार आफन्तले पुस २९ देखि ९ दिनसम्मका लागि कसैले नदेख्ने गरी भकारीभित्र लुकाएर राखेका हुन् । \"morang\" पथरी शनिश्चरे–५ आइतबारेका सुस्तःमनस्थितिको अपाङ्गता भएका (बोल्न नसक्ने) १८ वर्षीय भूपाल अधिकारी आठ महिना पहिले अचानक हराएका थिए । त्यसको केही हप्तापछि पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वनमा रहेको डम्पिङ साइटमा एक मानव कङ्काल फेला परेको थियो । त्यो कङ्काललाई नै गाउँले र आफन्तले हराएका भूपाल नै हुन् भनेर लुगाका आधारमा होमा हो मिलाउँदै पुष्टि गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका तात्कालीन निरीक्षक रुद्र चुँडालले जलाएर नष्ट नगर्ने गरी माटोमा गाडेर मात्र अन्त्येष्टि गर्न कङ्काल आफन्तको जिम्मा लगाएका थिए । त्यसपछि भूपालका ठूलो बुबा रुद्र प्रसादले पहिलोचोटि मरेको भनेर भूपालको किरिया गरेका थिए । छोराको मृत्यु भएको खवर सुनेर वैदेशिक रोजगारमा गएकी आमा मनमाया घर फर्केपछि फेरि उनले छोरा भूपालको काजकिरिया गरेकी थिइन् । बाबु टेकबहादुर अधिकारी सधँै रक्सीले मातेर हिँडिरहने र घरपरिवारको समेत वास्ता गर्ने गर्दैैनन् । यसैले म¥यो भनेर दुई–दुईचोटि किरिया गरेका व्यक्ति आठ महिनापछि अचानक फर्केर आएपछि गाउँले र घरपरिवार छक्क परेका थिए । केहीले भूपाललाई भूत हो भन्दै गाउँमा बस्न दिनुहुँदैन पनि भनेका थिए । तर म¥यो भनेका भूपाल जीवित नै भएको पक्का भएपछि गाउँलेले भूपाललाई तीन दिनअघि इप्रकामा हाजिर गराएका थिए । फर्केको व्यक्ति भूपाल नै भएको पुष्टि भएपछि आफूहरुले घरमा लैजान दिएको र तत्कालको कङ्काल कस्को थियो भन्नेबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले बताए । आमा मनमायाले प्रहरीबाट बुझेर भूपाललाई घर लगेपनि गाउँले र पण्डितले शुद्धशान्ति नगरी घरमा राख्न नहुने भन्दै दबाब दिएपछि आफूहरुले पनि भूपाललाई मङ्गलबारदेखि भकारीमा कसैले नदेख्ने गरी लुकाएर नयाँ जन्म गराउन पूजापाठ गरिरहेको नातामा हजुरबुबा पर्ने भुवनेश्वर पोखरेलले बताए ।े म¥यो भनेर किरिया गरिसकेको मानिस ज्यँुदै फेला परे नौ दिन कसैले नदेख्ने गरी घ्याम्पोमा राखेर फेरि नयाँ जन्म गराएर मात्र घरमा शुद्धशान्ति गरी घरमा राख्न पाइने धर्मशास्त्रको नियम रहेको उल्लेख गरे । । स्थानीय पञ्चायत उच्चमाविमा रहेको सुस्तःमनस्थिति स्रोत केन्द्रमा पढ्दै गरेका भूपाल बेलाबेला खोलातिर बालुवा खन्न पनि जाने गर्दथे । सोही क्रममा उनलाई आफन्त र गाउँलेले ट्र्याक्टरले किचेर मारेको आशङ्का गरेपछि प्रहरीले एक ट्र्याक्टर चालकलाई तत्काल पक्राउ गरेर केहीदिन थुनामा राखे पनि मृत्यु पुष्टि नभएपछि छाडेको थियो । हाल पथरीस्थित काकाको घरमा भकारीभित्र लुकाएर राखिएका छोरा भूपाललाई भकारीभित्रै शौच गराउने र खानापानी दिने काम आमा मनमायाले नै गरिरहेकी छन् । फर्केर आएका भूपाललाई इसारामा कसैले कहाँ गएका थियौ भनेर सोध्दा सिक्किम गएको थिएँ भनेर भन्ने गरेका छन् । तर उनी सिक्किम गएको नभई नेपालभित्रैका कसैले घरायसी काममा लगाउन लगेको हुनसक्ने स्थानीयवासीको शङ्का छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending