Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

इतिहासमा कुनैदिन यसरी भएको थियो काठमाडौंमा इस्लामिक आक्रमण

\"SocialKhalsa-750\" तत्कालिन नेपाल उपत्यकाको डरलाग्दो दिन थियो त्यो । जुन दिन नेपाल खाल्टो कब्जा गर्ने उदेश्यले बंगालका सुल्तान समसुद्दिन इलियास शाहले डरलाग्दो आक्रमण गरेका थिए । यो घटना वि.सं. १४०६ मा भएको थियो । त्यसबेला मल्ल राजाहरू आन्तरिक सत्ताकलहका कारण कमजोर अवस्थामा थिए । त्यही मौका छोपेर बंगालका सुल्तान समसुद्दिन इलियास शाहले आक्रमण गरे । समसुद्दिन वि.सं. १३८१ मा सिम्रौनगढमा आक्रमण गर्ने दिल्लीका सुल्तान गयासुद्दिन तुगलकका सेनापतिका छोरा थिए । गयासुद्दिन तुगलकले बंगाल विजय गरेपछि बंगालको गभर्नरका रूपमा समुद्दिन इलियास शाहका पितालाई नियुक्त गरेका थिए । तिनै समसुद्दिन इलियास शाहले बंगालमा स्वतन्त्र राज्य कायम गरेका थिए ।   मुस्लिमहरु भारतको पटनाबाट युद्ध सामग्री सहित जनकपुर, सिन्धुली, बनेपा हुँदै काठमाडौंको नजिकै भक्तपुरसम्म आक्रमण गर्न आईपुगेका थिए । भक्तपुर आक्रमण गर्दै गर्दा उनीहरुले पशुपतिनाथको धन दौलतका बारेमा जानकारी पाएपछि उनीहरु पशुपतिनाथमा आक्रमण गर्न आए । त्यही ७ दिनसम्म लुटपाट मच्चाइरहे । सो आक्रमणपछि पशुपतिनाथको मन्दिर ध्वस्त हुनुका साथै त्यहाँ रहेका अधिकांश मूर्ति नष्ट भएका थिए । मुस्लिमहरुको आक्रमणपछि ध्वस्त भएको काठमाडौंका दरबार तथा बस्तीहरु पछि मल्ल राजा जयस्थिति मल्लले पुनर्निर्माण गरे । स्मरणयोग्य कुरा के छ भने हाल नेपालमा रहेका मुस्लिम समुदाय त्यही बेला कतिपय यतै बसे भनेर अनुमान गर्न सकिन्छ । नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार हाल नेपालमा मुस्लिमहरुको संख्या कुल जनसंख्याको ४.४ प्रतिशत अर्थात ११,६४,२५५ रहेको छ । मुस्लिम समुदायको जनसंख्या यो भन्दा पनि अधिक रहेको छ भन्ने अनुमान यो समुदायका ब्यक्तिहरुले राख्दै आएको पनि पाइन्छ। नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास र उपस्थिति ७५ वटै जिल्लामा रहेको छ। स्थायी बसोबास वा ब्यवसाय वा जीविकोपार्जनको सिलसिलाका कारण नेपाली मुस्लिमहरुको ७५ वटै जिल्लामा उपस्थिति रहेको पाइन्छ। जनगणनाको तथ्यांकका आधारमा हिमाली क्षेत्रमा ४६४, पहाडी जिल्लामा ५६,३३९ र तराईमा ११,०७,४५२ मुस्लिम जनसांख्यिक वितरण पाइन्छ । लैंगिक हिसाबले महिला ५,७९,५०१ र पुरुष ५,८४,७५४ संख्या रहेको देखिन्छ। सबैभन्दा बढी रौतहटमा १३५२८३ मुस्लिम जनसंख्या रहेको पाइन्छ। सबभन्दा कम ताप्लेजुङ्गमा २ जना मात्र रहेको पाइन्छ । तर इतिहासका तिनै दिनहरुलाई सम्झेर आज भेदभाव गर्ने कार्य गलत मात्रै होइन नितान्त अप्रासाङ्गीक हुन जान्छ । नेपालको इतिहासमा एउटा शक्तिले अर्को शक्तिलाई विस्तावित गरि शासन गरेको इतिहास आजसम्म पनि पाईन्छ । आदिम किरातीहरुलाई गोपाल बंशीहरुले विस्तावित गरे, त्यस्तै गोपाल बंशीहरुलाई महिषपालले, महिलपाललाई लिच्छिविहरुले विस्तावित गरि शासन गरे । पछि लिच्छिविलाई पनि मल्लहरुले र मल्ललाई पनि शाहरुले विस्तावित गरि शासन गरेको इतिहास नेपालको इतिहास हो । त्यस काल खण्डमा मुस्लिमहरुले पनि कब्जा गर्ने मनसायले काठमाडौं खाल्टोमा आक्रमण गर्न आए तर उनीहरु सफल हुन सकेनन् । आज ति लाखौंको संख्यामा रहेका मुस्लिमहरु राज्यसत्ताको लामो उपेक्षाका कारण राज्य सञ्चालनको सम्पूर्ण तहबाट युगौं पछाडि परिरहेका छन् । गाँसबास कपास कै समस्यामा रहन विवस छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies