Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

साझा अवधारणा बनाउन गम्भीर छलफल हुने

काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाद्वारा गठित दुवै कार्यदलको बैठक मंगलबार बस्दैछ। सोमबार अपरान्ह बस्ने भनिएको कार्यदलको बैठक सरकारी पक्षका प्रतिनिधिको व्यस्तताका कारण बस्न नसकेपछि मंगलबार बस्न लागेको हो। \"3 मंगलबारको बैठकमा मधेसी मोर्चाले राखेका एघार बुँदे मागमा बुँदागत छलफल गरेर साझा अवधारणा बनाउन गम्भीर छलफल हुने बताइएको छ। गत आइतबारको बैठकमा दुवै पक्षले मधेस आन्दोलनको सम्बोधन र असहज अवस्थाको अन्त्यका लागि निकास खोज्न सकारात्मक छलफल सुरु भएको र छिटै निश्कर्ष आउने बताएका थिए। तीन महिनाभित्र सिमांकन टुंगो लगाउन प्रस्ताव गरिएको उच्चस्तरीय राजनीतिक समितिको वैधताको बारेमा मोर्चाले प्रश्न उठाउपछि यसलाई संसद्बाट अनुमोदन गरेर वैधानिकता प्रदान गर्न सकिने प्रस्ताव सरकारी पक्षले राखेको छ। कार्यदलले प्रदेशहरुको सिमांकनको पुनरावलोकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता प्रावधान, राज्यका निकायमा समावेशी सहभागितालगायत मधेसी मोर्चाले अघि सारेका मागका सम्बन्धमा बुँदागत छलफल गरेर सहमतिको खाका बनाउने बताएको छ। मधेस आन्दोलनको सम्बोधन तथा मुलुकको असहज अवस्थाको अन्त्यका लागि निकास खोज्न प्रमुख तीन दल र मधेसी मोर्चाले कार्यदल बनाएपछि दुवै पक्ष सहमतिका लागि हरेक दिनजसो छलफलमा जुटेका छन्।कार्यदलमा समझदारी जुटेपछि शीर्ष तहमा वार्ता गरेर सहमति गर्ने र संसद्बाट संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका निकायमा समावेशी सहभागितासम्बन्धी संविधान संशोधन विधेयक संसद्मा विचराधिन छ। यसमा संशोधन प्रस्तावहरु पेस भइसकेका छन् । प्रस्तावित विधेयकमै परिमार्जन गरेर मधेसलाई सम्बोधन गर्ने प्रयास ठूला तीन दलले गरेका छन् । कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका कृष्णबहादुर महरा छन् भने मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: