Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अस्तव्यस्त जनजीवत सामान्य बन्दै

महोत्तरी । तराई मधेसमा झन्डै पाँच महिनादेखि जारी राखेको मधेसी मोर्चाको आन्दोलनले अस्तव्यस्त बनेको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ । आन्दोलनका कार्यक्रम कम हुँदै गए सँगै जिल्ला सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् । यस क्षेत्रको वातावरण शान्तिपूर्ण माहोलमा परिणत हुँदै गएको छ जसका कारण सर्वसाधारणको शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशासमेत साकार बन्दै गएको छ ।\"ggolew\" आन्दोलनको सुरुवातको समयमा तराई मधेसका हरेक पसल, हाटबजार, सवारी साधन चलाउनमा रोक लगाए तापनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् । पछिल्लो समय सदरमुकाम जलेश्वरमा आन्दोलनको खासै प्रभाव परेको छैन । यहाँका बजार पसल खुलेका छन् । त्यस्तै जिल्लाका प्रमुख व्यापारी केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरा लगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा रहेको छ । सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् । सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीले बताएका छन् । मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वहरू मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको तराई मधेस सद्भावना पार्टीकी कोषाध्यक्ष निलम अधिकारीले बताइन । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरीका प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: