Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

पुनर्निर्माण छिटो होस्, पीडितको आँसु नलागोस्

\"Bhukampapidit\"काठमाडौं । १२ वैशाखको विनाशकारी भूकम्पमा पनि बाँच्न सफल भएकाहरुको खुल्ला आकाशमुनीका छाप्रोमा चिसोले हृदयविदारक मृत्यु भएको समाचार आइरहेको छ । भूकम्पपीडित हिउँ पन्साउँदै रात कटाउन बाध्य भएको पनि समाचार आइरहेको बेला सरकारले २ माघदेखि भूकम्पबाट ध्वस्त भएका गाउँ बस्तीमा पुनर्निर्माण अभियान सुरु गर्ने घोषणा गरेको छ । वर्षायामपछि जाडोयाम पनि मध्यतिर पुग्दैगर्दा ढिलो गरी सरकारले भूकम्पबाट प्रभावित गोरखा, सिन्धुपाल्चोक, काभे्र, रसुवा, धादिङ, नुवकोट, दोखला, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुरसहितका १४ प्रभावित जिल्लामा सरकारले काम थाल्ने तयारी गरेको छ । यसका लागि पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले एक केन्द्रीय कार्यालय, १४ अञ्चलको पुनर्निर्माणको लागि ६ उपक्षेत्रीय र बाँकी प्रभावितको लागि १ उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । प्रशासनिक खर्चको लागि साढे २९ करोड बजेट पनि स्वीकृत भइसकेको छ । त्यसैले अब वास्तविक पीडितको लागि पुनर्निर्माणको काम अघि बढ्नेछ भन्ने विश्वासमा पीडित छन् । तर, सरकारले पुनर्निर्माणको काम काठमाडौंको रानीपोखरीबाट राष्ट्रपति र बुङमतिबाट प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ । राजनीतिक लफडा र स्वार्थले ढिलै भए पनि केन्द्रबाटै भए पनि पुनर्निर्माणको काम अघि बढ्नु सकारात्मक हो । तर, पीडितसम्म नपुगी केन्द्रीकृत हुने र पहुँचवालाले मात्र पुनर्निर्माणको लागि पाइदा लिने हो की भन्ने आशंका पनि उत्तिकै रहेको छ । पीडितका लागि भनेर दिइएको १० वा १५ हजारमा त पहुँचवाला र हुनेखानेले अनियमिता गरेको समाचार आइरहँदा राज्यले खरबौं रुपैयाँ खर्च गरी गर्न लागेको पुनर्निर्माणको खर्च पनि पारदर्शी र प्रभावकारी हुनैपर्छ । अन्यथा, परिवार, घरबार सबै गुमाएका भूकम्पपीडितको पीडामाथि घोर अन्याय हुनेछ ।  प्रशासनिक काम गर्ने, तलब भत्ता खाने र प्रभावित क्षेत्रमा झाडा टार्ने काम गरेर बजेट सकाउने नेपाली परम्परा झैं बनेको छ । तर, भूकम्पबाट पीडितका लागि भूकम्पप्रतिरोधी घर सुरक्षित ठाउँमा बनाएर सुरक्षित बस्ती विकास गर्नु कम चुनौतिको काम होइन । यसका लागि सरकारी संयन्त्र, नागरिक समाज, संचारमाध्यम सबैको सकारात्मक र खबरदारीपूर्ण सहयोग हुनुपर्छ । राज्यले प्राधिकरणले कसरी काम गरेको छ, कुन समयमा कति काम सम्पन्न गर्ने हो । कुन जिल्लाको कुन क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ भन्ने जस्ता सूचना प्रभाव गर्न कन्र्जुयाई गर्नु हुँदैन । तर, पदको दुरुपयोग गर्दै अरबौं रुपैयाँको प्राधिकरणमा आँखा लगाउँदै राजनीतिक भागबण्डाले काम गर्ने र मनोमानी गर्ने परम्परा बस्यो भने पुनर्निर्माण कागजमा मात्रै सीमित हुनेछ । तसर्थ, पीडितले वर्षायाम र जाडोयाममा बेहोर्नुपरेको असाध्यै कष्टपूर्ण दैनिकीलाई बोध गर्दै प्राधिकरणले तदारुकताको साथ काम अघि बढाउनैपर्छ । भूकम्पमा परी मरेका ९ हजारका परिवार र लाखौ पीडितमाथि घोर अन्याय हुने कामबाट सरकार बच्नुपर्छ, इमान्दार भएर काम गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending