Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

छतमा यात्रु चढाउँदा कारबाहीमा परिएला है !

\"chhatकाठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट हुँदा सवारी साधान कम चलेको भन्दै झण्डै चार महिनादेखि निर्वाध छतमा यात्रु बोक्न छुट पाएका गाडीले अब छतमा राखेर यात्रु ओसार्न नपाउने भएका छन् । इन्धन अभाव भए पनि राजधानीसहित देशैभर निर्वाध रुपमा गाडी चलेको कारण जनाउँदै ट्राफिक प्रहरी महाशाखाले छतमा तथा झुण्डिएर यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ट्राफिक प्रहरी महाशाखाले केही दिनअघिदेखि नै साना सावारी साधनको छतमा यात्रा गर्न रोक लगाएको छ । साना सवारी साधनको छतमा चढ्न रोक लगाए पनि कडाइ रुपमा भने पालना गरिएको थिएन । अब भने ट्राफिक प्रहरीले कडाइ रुपमा नै कुनै पनि सवारी साधनको छतमा चढ्न प्रतिबन्ध लगाउने जनाएको छ । पुसको चिसोमा छतको यात्रा बाध्यता राजधानीमा सवारी चाप नाकाबन्दी अघिकै अवस्थामा रहे पनि गाडी धनीहरुले छतमा चढ्न बाध्य पारेको प्रहरीको भनाइ छ । गाडीवालाले पनि जति पनि यात्रु कोच्न पाइने र छतमा समेत चढाउन पाउने भएको भित्र खाली रहेको अवस्थामा पनि छतमा यात्रु बोक्ने गरेको महाशाखाको भनाइ छ । तर यातायात ब्यवसायीहरुले भने आफूहरुले छतमा चढ्न नदिए पनि गाडी नभएको भन्दै जबर्जस्ती यात्रुहरु छतमा चढ्ने गरेको बताएका छन् । यात्रुहरु भने पुसको जाडोमा छतमा चढ्ने आफूहरुको रहन नभइ बाध्यता भएको बताउँछन् । महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम बढी यात्रु बोक्ने सवारीलाई कारबाही नै सुरू गरिसकेको छ । राजधानीका केही रुटहरुमा भने सवारी कम रहेकाले त्यस्ता रुटमा विकल्प नहुँदासम्म छतमा यात्रा गर्न छुट दिनुपर्ने ब्यावसायीहरु बताउँछन् । ट्राफिक प्रहरीले आइतबार बिहानदेखि नै ललितपुर, काठमाडौं र भक्तपुरका कलेज अगाडि र सडकमा छतमा यात्रु राखेर गुडाएका दर्जनबढी सवारीलाई कारबाही गरिएको छ । पहिलो चरणमा छतमा नराख्न आग्रह गरिएको र नमानेका कारण बाध्य भएर कारबाही प्रक्रिया थालिएको ट्राफिक प्रहरीले जनाएको छ । छतमा छुट दिँदा ट्राफिकलाई छटपटी  इन्धन अभावको कारण सवारी कम भएको भन्दै यात्रुलाई झुण्डिएर यात्रा गर्न छुट दिएपछि ट्राफिक प्रहरीहरुलाई भने ठूलै नोक्सान भएको छ । ढोका नलगाएर गाडी चलाउने, जथाभावी यात्रु ओराल्ने र चढाउने, सानोतिनो बहानामा पनि गाडीलाई जरिवाना तिराउने गर्दै आएकोमा पछिल्लो समय जरिवाना काट्न नपाएपछि प्रहरीलाई नोक्सान भएको हो । जरिवाना काटिएको रकम सरकारी राजश्वमै जम्मा हुने भए पनि जरिमाना काट्ने प्रहरीले कमिशन पाउने भएकाले पनि प्रहरीलाई नोक्सान भएकाले ट्राफिक प्रहरी छटपटाएको एक यातायात कर्मचारीले बताए । जुनुसुकै साना सवारी साधनका छतमा बसेर यात्रा गर्न निषेध गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुलाई परेको समस्याकै लागि मोटरसाइकलमा भने दुई भन्दा बढी यात्रु चढ्न छुट भएकोले मोटरसाइकलमा पनि कडाइ गरिने महाशाखाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending