Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कार्यदलको बैठक आज बेलुका फेरि बस्ने

\"3-party-and-morcha-task-force-400\"काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक शनिवार बेलुका बस्ने भएको छ । कार्यदलको आज साँझ बस्ने बैठकले निश्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । यसअघि दुई दिन कार्यदलको बैठक बसेको थियो । पहिलो दिनको वैठकमा मोर्चाले राखेको ११ बुँदे मागबारे विषय प्रवेश गरिए पनि दोस्रो दिनको बैठकमा सहमति नजिक पुगेको नेताहरुले बताएका थिए । दोस्रो दिनको बैठकमा मोर्चाका नेताहरुले संयन्त्रबाट सीमाकंनको विवाद एक महिनाभित्रै टुंगो लगाउने बारेमा सकारात्मक देखिएका थिए । तर मोर्चाको बैठकमा छलफल भएपछि यो विषयको टुंगो लगाउन नेताहरु सहमत भएका थिए । कार्यदलको बैठकमा सीमांकनको विषय, नागरिकाको सन्दर्भमा तथा समग्र विषयमा छलफल हुने तमलोपा नेता तथा मोर्चाका तर्फबाट कार्यदल सदस्य हृदयेश त्रिपाठीले बताए  । शुक्रबार नै कार्यदलको बैठक बस्ने भनिए पनि मोर्चाको तयारी गर्नुपर्ने भएकाले वैठक आजका लागि सारिएको मोर्चाका अर्का नेता राम नरेश रायले बताए । आजको कार्यदलको बैठक ठोस निश्कर्षमा पुग्ने नेताहरुले विश्वास ब्यक्त गरेका छन् । कार्यदलमा मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, रामनरेश राय र राजेन्द्र श्रेष्ठ छन् भने तीन दलबाट महेश आचार्य, कृष्णबहादुर महरा र भीम रावल छन् । कार्यदलमा निश्कर्षमा पुग्ने तयारी भइरहँदा मोर्चाले भने शनिवार नै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: