Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विश्वका चर्चित महिलाको सूचिमा राष्ट्रपति भण्डारी

\"Bidhya-Bhandari-750\" हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरुको सूचि प्रकाशित गर्दै आएको प्रख्यात पत्रिका फोब्स म्यागेजिनले विश्वमा चर्चाको शिखरमा पुग्न सफल महिलाहरुको सूचि प्रकाशित गरेको छ । फोब्सले निकालेको सूचिमा सन् २०१५ मा चर्चाको शिखरमा पुग्न सफल महिलाहरूमा को को हुन् भनि सूचि प्रकाशित गरेको छ । जसमा जर्मन चान्सलर एन्जेला मर्केलदेखि नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीसम्मको नाम उल्लेख छ । को को भए सन् २०१५ मा विश्व चर्चित महिलाहरु ? हेर्नुहोस् । जर्मन चान्सलर एन्जेला मर्केल फोब्सको सूचिमा पहिलो नम्बरमा परेकीछिन् जर्मन चान्सलर एन्जेला मर्केल छिन् । उनी प्रभावशाली नेतृत्व गर्न सफल सबैभन्दा ‘सेलिब्रिटी’का रुपमा फोर्ब्सको मूल्यांकन गरेको छ। सन् २०१५ मा उनले इस्लामिक स्टेट आइएस विरुद्ध चालेको कदम निकै प्रशंसनीय रहन गयो । पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन फोब्सको मूल्यांकन सूचिको दोस्रो स्थानमा पर्न सफल अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेकी छिन् । अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा हिलारीलाई सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट प्रमुख दावेदारका रुपमा हेर्न थालिएको छ जसका कारण पनि उनी चर्चाको शिखरमा पुगकी छिन् । बिल गेट्सकी पत्नी मेलिन्डा गेट्स् तेस्रो सूचिमा रहन सफल भएकी छिन् माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी पत्नी मेलिन्डा गेट्स् । सन् २००० मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन खोलेर पतिसँगै मेलिन्डा समाज सेवामा लागेकी हुन् । फाउन्डेसनले गर्ने समाज सेवाका लागि मेलिन्डाले ३३ अर्ब अमेरिकी डलर बराबर खर्च गरिसकेकी छन् । ओबामा पत्नी मिसेली ओबामा सूचिको दशौं नम्बरमा परेकी छिन् राष्ट्रपति बाराक ओबामाकी पत्नी तथा अमेरिकी प्रथम महिला मिसेली ओबामा । उनले एसियाका विभिन्न ठाउँमा पुगेर बालिका शिक्षा सुलभ बनाउने कार्यमा संलग्न हुँदै आएकी छन्। महिलालाई शिक्षित बनाउने उदेश्यका साथ उनी एसियाका गरीब मूलुकहरमा क्रियाशिल छिन् । चिनियाँ प्रथम महिला पेङ फोब्सको मूल्यांकन सूचिमा पर्ने अर्की विश्व चर्चिच महिला हुन् चिनियाँ प्रथम महिला पेङ लियुआन । ५३ वर्षीया पेङ चीनमा लोकगायीकाका रुपमा समेत चर्चित छन् । राष्ट्रपतिको पत्नी भएर पनि उनले फेसन डिजाइन र गायनलाई निरन्तरता दिइरहेकी छन्। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू ची चर्चाको शिखरमा पुग्न सफल अर्की महिला हुन् म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू ची। करिब साढे दुई दशकपछि म्यानमारमा भएको आम निर्वाचनमा सू चीको पार्टीले बहुमत ल्याएका थिए । तर उनी भने त्यस भन्दा अघि नै चर्चित भइसकेकी थिइन् । सन् १९९० मा म्यानमारको संसदीय निर्वाचनमा नेत्री सू चीको दलले दुई तिहाई बहुमत ल्याएको थियो। तर उनलाई प्रधानमन्त्रीको सपथ नै लिन नदिई सेनाले तत्कालै कू गरेर उनलाई उनलाई जेल हालिएको थियो । दुई दशक सैनिक हिरासतमा बिताएर मुक्त भएपछि उनी पुनः म्यानमारमा प्रजातन्त्रका निमित्त संर्घषरत भइन् र हाल उनको दल नेसनल लिग फर डेमोक्रेसीले आमनिर्वाचनमा बहुमत जित्न सफल भएको छ । बेलारुसकी पत्रकार तथा लेखिका स्वेतलाना अलेक्सिभिच विश्व विख्यात महिलाको सूचिमा बेलारुसकी पत्रकार तथा लेखिका स्वेतलाना अलेक्सिभिचमा पनि परेकी छिन् । उनलाई सन् २०१५ मा साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो। पत्रकारबाट लेखिका बनेकी उनको साहित्य लेखनले यसै पनि उनलाई संसारसामु चिनाएको थियो। नोबेल पुरस्कार मार्फत उनी थप चर्चाको शिखरमा पुगिन् । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी फोब्सको मूल्यांकन सूचिमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस पटक परेकी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित भइन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending