Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यसरी कब्जा भएको थियो कीर्तिपुर

\"Kritipur-750\" कीर्तिपुरमाथि पहिलो पटक आक्रमण हँुदा आफ्नो पक्षको लज्जाजनक पराजय भएपछि फेरि अर्को पटक आक्रमण गर्ने योजना बुनिरहेका थिए पृथ्वीनारायण शाह । किर्तिपुरमाथि आक्रमण गर्न ठीक साइतको पखाईमा थिए पृथ्वनाराण शाहका सेनाहरु । उनीहरुले साइत परोस् भनी तित्रालाई गाउँतिर उडाएका थिए । पृथ्वीनारायण शाहका भाइ काजी शुरप्रताप शाह सुरो र शाहसी राजकुमारका रुपमा चिनिन्थे । पहिलो पटक आक्रमण गर्दा जित्न नसकेपछि शुरप्रतापलाई त्यहाँको कमाण्डर बनाइदिएका थिए । उनका साथमा काजी दलजित शाह, काजी तुलाराम पाँडे, काजी श्रीहर्ष पन्त, सरदार प्रभु मल्ल र वीरभद्र बस्नेत आदि सेननायकहरु थिए ।
पृथ्वीनारायण शाहका भाइ काजी शुरप्रताप शाह सुरो र शाहसी राजकुमारका रुपमा चिनिन्थे । पहिलो पटक आक्रमण गर्दा जित्न नसकेपछि शुरप्रतापलाई त्यहाँको कमाण्डर बनाइदिएका थिए ।
यता कीर्तीपुर गाउँ भने चारैतिरबाट पर्खालहरुले घेरिएको डाँडाको टुप्पोमा थियो । जसका कारण आक्रमण गर्न सजिलो थिएन । आक्रमण गर्न पर्खालमाथि चढि गाउँ पस्नु पर्ने हुन्थ्यो । त्यसका लागि शुरप्रताप शाहका सेनाहरुले बाँसका भाटाहरुको भ¥याङ बनाएका थिए । आक्रमण गर्ने साइत जुराएर गोरखा राज्यका सेनाहरु बिहान उज्यालो नहुँदै खानपिन सकी सेना नायकहरुको नेतृत्वमा दहचोक, गढीबाट हिडेर थानकोट तथा नगाम हुँदै कीर्तिपुर भन्दा बाहिर आइपुगे । १ महिना अघि नै उनीहरुले चोभार र पाँगालाई आफ्नो नियन्त्रणमा राखिसकेका थिए  । \"kritipurfinal-750\" गोरखा राज्यका सैनिकहरुले वि.सं. १८२१ आश्विन ४ गते सोमबार करिव ५ घन्टा जति लडाई लडे। कीर्तिपुर गाउँ डाँडाको टुप्पामा थियो । गाउँभन्दा तल डाँडाको फेदीमा गाउँको वरिपरि बलिया बलिया गिर्दा–पर्खालहरु लगाइएको थियो । त्यसभन्दा बाहिर घना जंगलहरु रहेको पर्खाल नाघेर गाउँ भित्र प्रवेश गर्नु गोरखा राज्यका सेनानायकहरुका निमित्व मूस्किल पर्न आयो ।  तैपनि काजी शुरप्रताव शाह बिभिन्न तरिकाले सैनिकहरुलाई पर्खाल चढाउने प्रयास गरिनै रहे । गोरखा राज्यका सैनिकहरु पर्खाल माथि चढ्ने वित्तिकै गाउँ भित्रबाट ढुङ्गा काठ तथा धनुषको बर्षा हुन्थ्यो । त्यसक्रममा गोरखा राज्यका धेरै सैनिकहरु हताहत पनि भए । यस्तो परिस्थितिमा पनि गोरखा राज्यका १५, २० जना सैनिकहरु भने गाउँ पस्न सफल भइ छाडे । तर पुनः गाउँलेहरुको प्रहारबाट कति घाइते भए कति त्यही मारिए । त्यसै बीचमा गोरखा राज्यका प्रमुख सेनापति काजी राजकुमार शुरप्रताप शाहको निमित्व तयार पारेर राखिएको एउटा भ¥याङमा चढी सहायक सेनानायक काजी श्रीहर्ज पन्तले पर्खाल भित्र प्रवेश गर्न पर्खालमाथि चढ्ने असफल प्रयास गर्दा प्रमुख सेनानायक शुरप्रताप शाह तथा सहायक सेनानायक काजी श्रीहर्ष पन्तका बीचमा भ¥याङ को पहिला पढ्ने भन्ने विषयमा तँछाड मछाड भई झगडा भयो । उनीहरु बीचमा खिचातानी चल्दा रीसको आवेगमा आएर शुरप्रताप शाहले काजी श्रीहर्ष पन्तको गोडामा समाति उनलाई भ¥याङबाट तल भूइँमा खसाली दिए । ठिक त्यसैबेला गाउँभित्रबाट प्रहार गरिएको एउटा बाण आई काजी शुप्रताप शाहको बाँया आँखामा लाग्यो । उनको आँखामा गम्भिर क्षति पुग्यो ।
ठिक त्यसैबेला गाउँभित्रबाट प्रहार गरिएको एउटा बाण आई काजी शुप्रताप शाहको बाँया आँखामा लाग्यो ।
राजा पृथ्वी नारायण शाहका अर्का भाई राजकुमार काजी दलजित शाह पर्खालमाथि चढिसका थिए । किर्तिपुरका शैनिकहरुको प्रहारबाट उनी सख्त घाइते भए । चौतर जीव शाहपनि घाइते भए । वीरभद्र शाहपनि घाइते भए । त्यसपछि आफू सहित आफ्ना सेनानायकहरु घाइते भएपछि कीर्तिपुर कब्जा गर्ने गोर्खा शैनिकहरुको महत्वकांक्षा पुरा हुन पाएन । आफ्ना शैनिकहरुलाई गाउँ माथि कडाईका साथ घेराबन्दी गर्नका निमित्त अ¥राएर बाँकी गोर्खा सैनिकहरु सहित शुरप्रताव शाह दोस्रोपटकको पराजय भोगी दहचोक गढीमा फर्किए । काजी शुरप्रताप शाह शाहसी र  मुडी थिए । आफ्नो एउटा आँखा गुमेको बदला लिने दाउमा उ थियो । उनी सामान्य तरिकाले हार खाने व्यक्ति थिएनन् । कीर्तिपुर गाउँमाथि घेराबन्दी गरी बसेका सैनिकहरुलाई त्यही राखी हिउँद लागे वित्तिकै उनी आफ्नो आँखाको उपचार गर्न भारतको पटना शहर तर्फ लागे । केही समयपछि आँखाको उपचार गरेर स्वदेश फर्के उनी । फर्किएपछि पुनःआफ्नो मोर्चा सम्हाल्न थाले । उनको अनुपस्थितिका काजी वंशराज पाँडेले किर्तिपुर गाउँमाथी कडा सैनिक घेराबन्दी गरिरहेका थिए । \"Bag-Vairab-Temple-750\" कीर्तिपुुर गाउँमाथि पराजय भएपछि शुरप्रताप शाहले काजीहरु श्रीहर्ष पन्त लगायतकालाई दन्ड दिनु पर्छ भनि आफ्ना दाजु पृथ्वीनाराण शाहलाई भन्न थाले । दाजुले कुरा नसुनेपछि उनी एकाएक आफ्ना विरोधी राज्य तनहुँमा गई बस्न थाले । त्यहाँका राज त्रिविक्रम सेनले आत्महत्या गरेपछि उनी फेरी कास्कीका राजा सिद्धिनारायण शाहकोमा गएर बस्न थाले । यता पृथ्वी नारायण शाहले आफ््नो भाइलाई फकाएर स्वदेश ल्याउने उपाए रच्न थाले । आफ्ना सहयोगी शक्तिवल्लभ अर्याललाई कास्की पठाए । कास्कीमै उनले घुर्की देखाएर श्रीहर्ष पन्तलगायतलाई दण्ड दिन पाउँनुपर्छ भनि भने । उनले आफू राज्यमा अपमानित भएर बस्न नसक्ने बताए । उनको माग थियो श्रीहर्ष पन्त सहित तिन जना उनलाई सुम्पिनु पर्छ । त्यो खबर शक्तिवल्लभ अर्यालले पृथ्वीनारायणा शाहकोमा पु¥याए । पृथ्वीनारायण शाहले माग पुरा गरिदिने बचन दिएपछि शुरप्रताप स्वदेश फर्किए । स्वदेश फर्केपछि ति तिनजनालाई चाहियो भनेर भन्न थाले । पृथ्वी नारायण शाह ठूलो धर्म संकटमा परे । सुम्पिदिउँ भने आफ्ना निरअपराध सेनानायकहरु, भाइले कठोर सजाय दिन्छ । नसुम्पिउँ भने बचन दिईसकेँ । तर उनले राताराता तीन जना मध्ये हरिवंश उपाध्यायलाई भारत तर्फ भगाईदिए ।  वीरभन्द्र शाहलाई पनि उनले बचाए । तर काजी श्रीहर्ष पन्त सबैको साझा गुरु भएकाले केही नगर्ला भनि शुरप्रतापको आवासमा पठाए । श्रीहर्ष त्यतिबेला उनीकहाँ पुग्थे जब सुरप्रताप बिहानको नित्य पुजा भर्खरै सकेर बसेका हुन्थे । कुराको सिलसिलामा श्रीहर्षले वीरभद्र शाहलाई शुरप्रतापबाट क्षमादान दिलाई छाडे तर उनलाई भने शुरप्रतापले केही समयपछि काठको पिँजडामा बन्द गरि नुवाकोट बजार घुमाइछाडे ।
शुरप्रतापले केही समयपछि काठको पिँजडामा बन्द गरि नुवाकोट बजार घुमाइछाडे ।
यता कीर्तिपुरमाथि भएको गोरखा राज्यका सैनिकहरुको दोस्रो पटकको आक्रमण पनि असफल भएपछि राजा जयप्रकाश मल्लमा ठूलो शाहस पैदा भयो। उनले गोर्खा सैनिकहरुलाई त्रिशुली नदी पार गर्ने भन्दै अन्य स्थानमा राजाहरुलाई समेत पत्र काटे । तर उनको प्रयास सफल हुन सकेन । दोस्रोपटकको असफलतापछि पनि कीर्तिपुर गाउँमाथि लागेको गोरखा राज्यका सैनिकहरुको घेराबन्दी भने कायमै थियो । यस गाउँको सुरक्षाको निमित्व ललितपुर राज्यको तर्फबाट तौडिक तथा सैख्वाल नाक दुई जना काजीहरु त्यहाँ विषेशरुपमा तैनाथ गरिएको थियो । यस अवस्थामा पनि कान्तिपुर ललितपुर र भक्तपुर राज्यका राजा, भारदार तथा सर्वसाधारण नागरिकहरु भने लगभग चुप चाप नै थिए । उता, कीर्तिपुर गाउँको आफ्नो दोस्रोपटकको असफलताबाट राजा पृथ्वीनारायण शाह गम्भिर थिए । कसरी बदला लिन सकिन्छ भनेर योजना बनाइरहेका थिए । अन्तमा पृथ्वीनारायण शाह सैन्य शक्तिबाट भन्दा अरु नै माध्यमबाट कब्जा गर्ने रणनिति बुन्न थाले । उनले अव भौतिक र मानसिकरुपमै किर्तिपुरलाई गलाउने योजना बुन्न थाले । वि.सं. १८२२ को आश्विन महिनाको शुरुमा कीर्तिपुर गाउँका आसपासका खेतहरुमा लागेका धान बालीहरु पाकेर पहेँलपुर भई लहलहाउन थालेको थियो । यता दोस्रो पटक आक्रमण भएको ठिक एक वर्ष पछि राजा पृथ्वीनारायण शाहले कालु पाँडेका छोरा वंशराज पाँडेको नेतृत्वमा आफ्ना सैनिकहरुलाई दहचोक गढिबाट कीर्तिपुर गाउँ तर्फ पठाए । वि.स. १८२२ आश्विन ४ गते तेस्रो र अन्तिम पटक कीर्तिपुरमाथि गोरखा राज्यका सेनाहरुको आक्रमण गर्ने योजना बनाए ।  
अन्तमा पृथ्वीनारायण शाह सैन्य शक्तिबाट भन्दा अरु नै माध्यमबाट कब्जा गर्ने रणनिति बुन्न थाले । उनले अव भौतिक र मानसिकरुपमै किर्तिपुरलाई गलाउने योजना बुन्न थाले ।
गोरखा राज्यका सैनिकहरु एक वर्ष अघि देखि नै कीर्तिपुरलाई घेरा हालेर बसेका थिए । काजी वंशराज पाँडेको नेतृत्वमा थप सैनिकहरु आइपुगेपछि गाउँमाथि लागको सैनिक घेराबन्दी अझै कसिलो हुन थाल्यो । गाउँका संरक्षकहरु पहिले जस्तै गाउँका सबै द्धारहरु बन्द गरेर सशक्त प्रतिकार गर्न तयारीमा बस्न थाले । काजी वंशराज पाँडे भने गाउँमाथि तत्कालै आक्रमण गर्नेे पक्षमा थिएनन् । खेत तथा बारीमा पाकेका अन्नका बालीहरुलाई गाउँभित्र लैजान नदिई गाउँभित्रै रहेका सर्वसाधारण नागरिकहरुलाई आजित गराएर जनधनको क्षति बिनै आत्मसर्मपण गराउने भित्री योजनामा थिए उनी । \"2._Kirtipur_Dada_ko_old_house1-750\" दिनहुँ जसो आत्मसर्मपण गर, आत्मसर्मपण गर, भन्ने पृथ्वीनारायण शाहका सन्देशहरु गाउँका प्रमुखको नाममा भित्र पठाइन्थ्यो । उनीहरुले गाउँमा मानिसहरुलाई खेतमा काम गर्न दिन्थे तर पाकेको बाली घर लान भने दिदैन थिए । यसरी लामो समयसम्म गाउँभित्र रसदपानीको आपूर्ति बन्द गरिदिँदा बाहिर कतैबाट पनि सैनिक सहायताहरु आउने सम्भावना कत्तिपनि बाँकी नरहेकाले गाउँ भित्र खाने अन्नपातहरुको पनि हाहाकार हुन थाल्यो । गाउँका प्रमृुखहरुपनि दिनानुदिन हतास र निरास हुन थाले । हिउँद महिना लागेकाले गाउँका कुवा इनारपनि धमाधम सुक्न थाले । गाउँको फेदीमा पानी दिन जानुपर्ने स्थिति सिर्जना भयो । तर त्यहाँ गोरखा राज्यका सैनिकहरु तैनाथ थिए ।
त्यही रात गोरखा राज्यका सैनिकहरुले कीर्तिपुरमा आफ्नो राज्यको विजयध्वजा गर्वका साथ फहराए ।
राजा जयप्रकाश मल्ल तथा ललितपुर राज्यका अन्य मन्त्रीहरुको तर्फबाट सैनिक सहायताहरु आउनु त परैको कुरा सहानुभूतिका सन्देशपनि आउन छाडेपनि गाउँका संरक्षकहरु निरास हुँदै गए । यता दिनानुदिन आत्मसमर्पण गर जिउ धनको नोक्सान हुने छैन भनेर भनिरहेको थियो । अन्तमा उनीहरु निरास भएर आत्मसपर्ण गर्ने मनस्थितिमा पुगे र गोप्य रुपमा वंशराज पाँडेसँग वार्ता गर्न थाले । दिनको उज्यालोमै गोरखा सैनिकहरु गाउँमा प्रवेश गर्न दिँदा सर्वसाधारणमा आतंक फैलिन सक्ने भयले रातपरेपछि सैनिकहरु गाउँ प्रवेश गराउँन दिने सल्लाह भयो । वि.सं. १८२३ को मध्यरातमा गाउँका द्धारहरु सबै खोलिए । सर्वसाधारण नागरिकले थाहा नपाउने गरि चिराक बालेर गोरखाका सैनिकहरु कीर्तिपुर भित्र प्रवेश गरे । त्यही रात गोरखा राज्यका सैनिकहरुले कीर्तिपुरमा आफ्नो राज्यको विजयध्वजा गर्वका साथ फहराए । स्रोतः मूलप्रवाह
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy