Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विश्वले चिनेको घलेगाउँ (फोटोकथा)

\"ghale घलेगाउँ (लमजुङ) । नेपालका धेरै गाउँहरु छन्, जो पर्यटकहरुका लागि आकर्षक मानिन्छन् । त्यस्ता सुन्दर ठाउँहरु भए पनि हामी नेपालीहरुले समेत चिन्न सकेका छैनौं । तर घलेगाउँ यस्तो ठाउँको जसलाई विश्वले चिनेको छ । ठूला ठूला ऐतिहासिक तथा पुरातात्विक महत्वले गर्दा घलेगाउँमा विश्वको नजर परेको हो  न त यहाँ प्रेमको प्रतिक ताजमहलको झल्को दिने महलहरु छन् न त धार्मिक पर्यटकलाई आकर्षित गर्ने मठ मन्दिरहरु छन् । जे छ, यहाँका घलेहरुको मायाँ छ अनि सद्भाव छ । \"ghale आन्तरिक पर्यटक होस् कि बाह्य पर्यटक सबैलाई उत्तिकै सद्भाव बाँडिन्छ, यही नै घले गाउँलाई सधैं सम्झाइरहने उपहार हो । ग्रामीण पर्यटन प्रवद्र्धनको असली पाठ सिकाउने गाउँ पनि यही हो । गाउँलेहरुको माया, ममता र सद्भाव बाँडेरै पनि पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने नमूना पनि हो, घलेगाउँ । \"ghale लमजुङ सदरमुकाम बेसीशहरबाट झण्डै ६–७ घण्टाको पैदल दूरीमा घलेगाउँ पुग्न सकिन्छ । बेशीसहरबाट तीन वटा बाटोमध्ये जुनबाटोबाट घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी भएर पनि घलेगाउँ पुग्न सकिन्छ भने खुदी सिम्पानी भलामचौर भएर पनि पुग्न सक्छौं भने खुदी घनपोखरा भएर पनि घलेगाउँ पुग्न सकिन्छ । \"ghale ग्रामीण पर्यटनको धरोहर मानिने घलेगाउँमा एक सय ६ घर छन् । ती सबै घर पर्यटकका लागि आकर्षक गन्तब्य हुन् । एक सय ६ घर मध्ये ९० घर गुरुङ र घलेका मात्र छन् । प्राकृतिक सुन्दरता दिने हिमश्रृंखलाहरुको काखमा रहेको घलेगाउँबाट उत्तरपूर्बमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो र माछापुच्छे्र हाँसेजस्तो लाग्छ । \"ghale काठ र ढुंगाले छाएका अधिकांश घरहरु रहेको घलेगाउँलाई वैशाख १२ गतेको विनाशकारी भूकम्पले हल्लाएपछि थामिरह्यो । छिमेकी जिल्ला गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले बारपाकलाई नामेट पारे पनि घलेगाउँको अस्तित्व मेट्न सकेन । घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । \"ghale घलेगाउँ जस्तै सुन्दरताको अर्को गाउँ हो भुजुङ् । भुजुङ जसले सभ्यताको समाजलाई चिनाएको छ । मुलुकमा नयाँ संविधान जारी गरिएपछि मेरो गाउँ र तेरो गाउँ भनेर ठाउँ ठाउँमा द्वन्द्व छ । तर भुजुङ्का बासिन्दा भने आपसमा मिलेर एकै ठाउँमा अटाएका छन्, अर्थात, एउटै गाउँमा सिंगो गाविस अटाएको छ । नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समितिले चिनिएको नेपालकै एक मात्र गाउँ हो, भुजुङ् । \"bhujung\"     गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये ‘एक गाउँ एक गाविस’ले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको यात्रापछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रापछि ग्रामिण पर्यटकीय भुजुङ पुग्न सकिन्छ । जिल्लाको शीर मानिने भुजुङ समुन्द्री सतहदेखि करिब १६ सय मिटरको मिटरको उचाईमा छ । यस गाउँको पूर्वमा घले गाउँ र घनपोखरा, पश्चिममा पसगाउँ र दक्षिणमा भोंजे गाविस पर्दछ । उत्तरको अन्नपूर्ण हिमालको काखमा रहेको भुजुङमा करिब ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०५ गुरुङ र १०५ अन्य जातीहरू बसोवास गर्दछन् । .... तस्विर सौजन्यः पवित्र काफ्ले
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending