Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

विश्वले चिनेको घलेगाउँ (फोटोकथा)

\"ghale घलेगाउँ (लमजुङ) । नेपालका धेरै गाउँहरु छन्, जो पर्यटकहरुका लागि आकर्षक मानिन्छन् । त्यस्ता सुन्दर ठाउँहरु भए पनि हामी नेपालीहरुले समेत चिन्न सकेका छैनौं । तर घलेगाउँ यस्तो ठाउँको जसलाई विश्वले चिनेको छ । ठूला ठूला ऐतिहासिक तथा पुरातात्विक महत्वले गर्दा घलेगाउँमा विश्वको नजर परेको हो  न त यहाँ प्रेमको प्रतिक ताजमहलको झल्को दिने महलहरु छन् न त धार्मिक पर्यटकलाई आकर्षित गर्ने मठ मन्दिरहरु छन् । जे छ, यहाँका घलेहरुको मायाँ छ अनि सद्भाव छ । \"ghale आन्तरिक पर्यटक होस् कि बाह्य पर्यटक सबैलाई उत्तिकै सद्भाव बाँडिन्छ, यही नै घले गाउँलाई सधैं सम्झाइरहने उपहार हो । ग्रामीण पर्यटन प्रवद्र्धनको असली पाठ सिकाउने गाउँ पनि यही हो । गाउँलेहरुको माया, ममता र सद्भाव बाँडेरै पनि पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ भन्ने नमूना पनि हो, घलेगाउँ । \"ghale लमजुङ सदरमुकाम बेसीशहरबाट झण्डै ६–७ घण्टाको पैदल दूरीमा घलेगाउँ पुग्न सकिन्छ । बेशीसहरबाट तीन वटा बाटोमध्ये जुनबाटोबाट घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी भएर पनि घलेगाउँ पुग्न सकिन्छ भने खुदी सिम्पानी भलामचौर भएर पनि पुग्न सक्छौं भने खुदी घनपोखरा भएर पनि घलेगाउँ पुग्न सकिन्छ । \"ghale ग्रामीण पर्यटनको धरोहर मानिने घलेगाउँमा एक सय ६ घर छन् । ती सबै घर पर्यटकका लागि आकर्षक गन्तब्य हुन् । एक सय ६ घर मध्ये ९० घर गुरुङ र घलेका मात्र छन् । प्राकृतिक सुन्दरता दिने हिमश्रृंखलाहरुको काखमा रहेको घलेगाउँबाट उत्तरपूर्बमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो र माछापुच्छे्र हाँसेजस्तो लाग्छ । \"ghale काठ र ढुंगाले छाएका अधिकांश घरहरु रहेको घलेगाउँलाई वैशाख १२ गतेको विनाशकारी भूकम्पले हल्लाएपछि थामिरह्यो । छिमेकी जिल्ला गोरखाको बारपाक केन्द्र भएर गएको भूकम्पले बारपाकलाई नामेट पारे पनि घलेगाउँको अस्तित्व मेट्न सकेन । घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । \"ghale घलेगाउँ जस्तै सुन्दरताको अर्को गाउँ हो भुजुङ् । भुजुङ जसले सभ्यताको समाजलाई चिनाएको छ । मुलुकमा नयाँ संविधान जारी गरिएपछि मेरो गाउँ र तेरो गाउँ भनेर ठाउँ ठाउँमा द्वन्द्व छ । तर भुजुङ्का बासिन्दा भने आपसमा मिलेर एकै ठाउँमा अटाएका छन्, अर्थात, एउटै गाउँमा सिंगो गाविस अटाएको छ । नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समितिले चिनिएको नेपालकै एक मात्र गाउँ हो, भुजुङ् । \"bhujung\"     गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये ‘एक गाउँ एक गाविस’ले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको यात्रापछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रापछि ग्रामिण पर्यटकीय भुजुङ पुग्न सकिन्छ । जिल्लाको शीर मानिने भुजुङ समुन्द्री सतहदेखि करिब १६ सय मिटरको मिटरको उचाईमा छ । यस गाउँको पूर्वमा घले गाउँ र घनपोखरा, पश्चिममा पसगाउँ र दक्षिणमा भोंजे गाविस पर्दछ । उत्तरको अन्नपूर्ण हिमालको काखमा रहेको भुजुङमा करिब ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०५ गुरुङ र १०५ अन्य जातीहरू बसोवास गर्दछन् । .... तस्विर सौजन्यः पवित्र काफ्ले
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy