Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

लड्ने भए विप्लव, गर्ने भए जनयुद्ध !

\"biplab-काठमाडौं । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको दश वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि युद्ध लड्ने भएका छन् । एकीकृत माओवादीबाट मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी हुँदै आफ्नै नेतृत्वमा ड्यास हटाएर नेकपा माओवादी बनाएका विप्लवले फेरि लड्ने तयारी थालेका छन् । युद्धबाट मात्रै सत्ता कब्जा गर्न सकिने हुँकार दिँदै आएका विप्लवले हिजोको जस्तो गरी युद्ध चाँही नहुने बताउँदै आएका छन् । सशस्त्र क्रान्तिमा जोड दिँदै आएका विप्लवले वैद्यसँगै रहँदा दोस्रो संविधानसभाको चुनाव हुनुअघि पोखरा बैठकमा संविधानसभा चुनाव विथोल्न सशस्त्र क्रान्ति गर्ने भनी निर्णय गराउन वैद्यलाई बाध्य पारेका थिए । पोखरा बैठकमा गरिएको अन्य निर्णयहरुमध्ये सशस्त्र भन्ने शब्दलाई गोप्य राखिएको थियो । तर पोखरा बैठकको निर्णयपछि पनि वैद्य इतरका नेताहरु त्यो बाटो समाउन तयार नदेखिएपछि चुनावका बेला विप्लवले आफू मातहतका युवाहरुलाई ठाउँ ठाउँमा विस्फोट गराउन खटाए । दोस्रो संविधान चुनावकाबेला भएका जति पनि बम आतंकलाई उनीहरुले जिम्मा नलिएपछि अज्ञात समूहले गराएको भन्दै सरकारलेपनि झारा टार्ने काम गरेको थियो । तिनै विप्लव वैद्यले पनि क्रान्ति गर्ने भएनन् भन्दै ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने वैद्यको कार्यदिशालाई लत्याउँदै एकीकृत क्रान्तिको अवधारणा अघि सारेका छन् । त्यही अवधारणाबाट क्रान्ति सम्पन्न गर्ने विप्लवको योजना छ । केन्द्रदेखि गाउँ गाउँमा जनसरकार युद्धको चेतावनी दिँदै आएका विप्लवले वैद्यले पनि गर्ने भएनन् भन्दै आफ्नो नेतृत्वमा पार्टी बनाएको पनि एक वर्ष भयो । एक वर्षकोबीचमा खुला राजनीतिमै रहेका विप्लवले भ्रष्टाचारी र माफियालाई कारबाही अभियानदेखि जनसरकार गठन प्रक्रिया अघि बढाएको छ । शान्ति प्रक्रियासँगै विघटन भएका तत्कालिन माओवादीको जनसरकार विप्लवले फेरि ब्युँताउन शुरु गरेका छन् । काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा प्रहरी घेराभित्रै उनीहरुले केन्द्रीय जनसत्ताको घोषणा गरेपछि अहिले धमाधम राज्य सरकार ब्युँताउन शुरु गरेको छ । विहीबार ताम्सालिङ राज्य सरकार घोषणा गरिएको छ । त्यसअघि नै उनीहरुले राजधानीबाटै केन्द्रीय समानान्तर सरकारको घोषणा गरेका थिए । जनपरिषद्को नाममा गठन गरिएको केन्द्र सरकारको प्रमुख भने तत्कालिन माओवादीका मगराँत सरकार प्रमुख सन्तोष बुढामगरलाई बनाइएको छ । सरकारले जनताको काम गर्न नसकेकोले आफूहरुले जनसरकार गठन गरेको विप्लवका प्रवक्ता विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बताउँछन् । जनताको सेवा गर्न जनपरिषद् गठन थालिएको र त्यो गाउँ गाउँमा गरिने उनले बताए । छापामार आक्रमण सशस्त्र युद्धको अभ्यास गरिरहेका विप्लवले भ्रष्टाचारीलाई कारबाही अभियान भन्दै माथिल्लो तहका कर्मचारीको घरमा घण्डा गाड्ने, सवारीमा ढुंगा हान्ने, कालोमोसो दल्ने लगायतका काम गरिसकेका छन् । विप्लव माओवादीले नेवा इन्चार्ज ईश्वरी दाहाल ‘असारे काका’ को नेतृत्वमा लगानी बोर्डका कार्यकारी अधिकृत राधेस पन्तको बाँसबारीस्थित निवासमा कालोभण्डा गाड्ने कामदेखि छामामार शैलीमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई आक्रमण गरेकाे थियाे भने पछिल्लो पटक भारतीय दूतावासको गाडी जलाउने काम पनि गरेका छन् । जिल्ला जिल्लामा जग्गा कब्जा गर्नेदेखि सामान्य घटनाहरु पनि दर्जनौं घटाएका छन्, जसका कारण थुप्रै कार्यकर्ताहरुले अहिले पनि मुद्दा झेलिरहेका छन् । शुक्रबार विप्लवका प्रवक्ता प्रकाण्डका निवासमा पुग्दा पेशी तोकिएका कार्यकर्ताको मुद्दा मिलाउने आश्वासन कार्यकर्तालाई टेलिफोनबाटै दिइरहेका थिए । \'हामी बैद्यहरू जस्ताे भारतीय दूताबासका कमर्चारीलार्इ ज्ञापनपत्र बुझाउन गएनाैं,\' प्रकाण्डले प्रश्न गरे, \'दूतावासका कर्मचारीलार्इ ढाे गरेर के हुन्छ ?\' पार्टी भुमिगत हुने, मोर्चाले खुला राजनीति गर्ने विप्लवले माओवादी जनयुद्ध जस्तो आफूहरुको युद्ध नहुने बताए पनि पार्टीका संरचनाहरु भने माओवादी युद्धकालकै बनाउँदै लगेका छन् । सरकारले आफूहरुलाई नछुँदासम्म खुल्ला रुपमै ठोकठाक पार्ने र दमन गर्न थाले भूमिगत हुने विप्लवको योजना छ । आफूहरुले भ्रष्ट र लुटेराहरुलाई कारबाही गरिरहेको भन्दै अरु माओवादी भन्दा आफूहरु पृथक रहेको विप्लवका प्रवक्ता विश्वकर्मा दाबी गर्छन् । विप्लवले खुला राजनीति गर्न भन्दै तिलक परियारलाई ‘देशभक्त संघीय जनवादी मोर्चा’ नामको खुला संगठनको संयोजक बनाएका छन् । २०४८ सालमा पनि संयुक्त जनमोर्चाको नाममा बाबुराम भट्टराईको संयोजक बनाएर संसदमै उपस्थिति गराइएका थियो । विप्लव बढी \'महत्वाकांक्षी\' विप्लव माओवादीमा छोटो समयमै राजनीतिक हैसियत बनाएका युवा नेता हुन् । जोस, जाँगर देखेर नै प्रचण्डले विप्लवलाई छोटो समयमै केन्द्रीय समिति हुँदै स्थायी समितिसम्म पुर्याएका थिए । विप्लव अति नै महत्वाकांक्षा नेता रहेकाे माअाेवादी नेताहरू बताउँछन्र । विप्लवको महत्वाकांक्षी विचारले उनी आफू प्रचण्ड भन्दा चर्चामा आउने बन्न चाहन्छन् । एमाओवादीसँगको विभाजनपछि वैद्य माओवादीको सम्मेलनबाट आफू महासचिव बन्न नपाएर रडाको नै मच्चाएका थिए । देव गुरुङ र विप्लवलाई सचिव बनाइएपछि उनले भित्रभित्रै बादललाई असफल पार्ने रणनीति बनाइसकेका थिए । वैद्य माओवादीमै रहँदा कात्तिक २६ र २७ गते विप्लवले आफ्नै गाउँ कपिलवस्तुको शिवगढीमा आफ्नो समूहका भेला गरेका थिए । त्यसपछि केन्द्रीय समितिको बैठकमा एक दिन बसेर अर्को दिन मंसिर ८ गते  विप्लव र विश्वकर्माले सम्बन्ध–विच्छेद गरेको भन्दै बुद्धनगरमा गएर अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा ‘बादल’लाई लिखित पत्र बुझाएका थिए । वैद्य माओवादीसँग अलग भएपछि चितवनमा गोप्य भेला गरी दाङ्मा राष्ट्रिय अधिवेशन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies