दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोजना हुने भएको छ।
मटाँवा बरघर भलमन्सा सङ्घ केन्द्रीय समितिको आयोजनामा वैशाख २८ गतेदेखि दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय परिसरमा दुई दिने “थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम” हुन लागेको हो।
सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीलगायत जिल्लाबाट करिब एक हजारभन्दा बढी मटाँवा, बरघर, भलमन्सा तथा थारू अगुवाहरू सहभागी हुने मटाँवा बरघर भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार थारू समुदायमा आदिमकालदेखि चलिआएको मटाँवा-बरघर-भलमन्सा प्रथा गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना तथा अलिखित कानुनी अभ्यासका रूपमा स्थापित छ। जिल्ला अनुसार फरक नामले चिनिए पनि यसको उद्देश्य र भूमिका एउटै रहेको उनले बताए।
थारू समुदायले माघ पर्वको अवसरमा गाउँ-गाउँमा छलफल तथा सर्वसम्मतिबाट मटाँवा, बरघर वा भलमन्सा चयन गर्ने परम्परा रहिआएको छ।
उनीहरूले गाउँको नेतृत्व गर्दै सामाजिक विवाद समाधान, संस्कार संरक्षण तथा सामुदायिक व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएका छन्।
सङ्घका अनुसार सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुहुने छ।कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर, दाङले समन्वय तथा सहकार्य गरेका छन्।
सम्मेलनमा थारू समुदायको आर्थिक सशक्तीकरण, प्रथाजनित कानुन, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति, थारू संस्कारको संरक्षण तथा प्रवर्धन, बालविवाहमुक्त अभियानमा मटाँवा(बरघरहरूको भूमिका लगायत विषयमा छलफल सत्र सञ्चालन हुने छन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरी, प्रा।डा। कृष्ण भट्टचन, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी, थारू संस्कृतिविद् अशोक थारू, इलाका प्रहरी कार्यालयका प्रमुख होमबहादुर पराजुली तथा बेस संस्थाकी कार्यक्रम निर्देशक पिंकी डाँगीले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ।
यस्तै, थारू समुदायमा प्रचलित प्रथाजनित कानुन निर्माण तथा कार्यान्वयनमा योगदान पुर्याउने स्थानीय तह, गुरुवा तथा मटाँवा(बरघरलाई सम्मान गर्ने कार्यक्रम समेत सम्मेलनमा समावेश गरिएको आयोजकले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: